Madhes Khabar
समाचार

भारतबाट चाँदीको गरगहना तस्करी गर्ने एक महिला वीरगन्जमा पक्राउ

वीरगन्ज, १४ जेष्ठ : भारतबाट चाँदीको गरगहना अवैध रुपमा नेपाल भित्रयाएको आरोपमा प्रहरीले वीरगन्जबाट एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ४ की ५० वर्षिया उमा देवी रहेकी छन् ।

उनको साथबाट चाँदीको पाउजु ३९ जोर , औंठी ९५ पिस गरि २ किलो १ सय ८ ग्राम चाँदीका गरगहना बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए । बरामद भएको गरगहनाको मुल्य अन्दाजी १ लाख १२ हजार १६ रुपैयाँ रहेको पनि उनले बताए ।

गिरिका अनुसार , भारतको रक्सौलबाट पैदल इनर्वा नाका हुदै वीरगन्ज आएकी उमा देवीलाई वीरगन्ज १६ रजतजयन्ति चोकस्थित सडकमा रोकेर प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा प्रहरीले उनको शरिर खानतलासी गर्दा उनले बोकेको झोलाभित्र प्लाष्टिकले बेरर लुकाइ छिपाइ राखिएको अवस्थामा ती गरगहना बरामद भएको प्रहरी नायब उपरीक्षक गिरिले जानकारी दिए ।

चाँदीको गरगहनासहित पक्राउ परेकी उमा देवीलाई आवश्यक कारबाहीको लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको गिरिले बताए ।

 

Related posts

नेपाल प्रहरीका आईजीपी कुँवर भन्छन्- जीबी राई पक्राउ परेका छैनन्, इन्टरपोलमार्फत् खोज्दैछौं

MadhesKhabar

काठमाडौंमा अधिवक्ता त्रिपाठीलाई कुट्ने एक जना पक्राउ,अन्य व्याक्तिहरुकाे प्रहरीले खाेजी गर्दै

MadhesKhabar

वीरगन्ज आउदै गरेको बस अमलेखगन्जमा दुर्घटना हुदा १० भन्दा बढिको मृत्यु

MadhesKhabar

Leave a Comment