वीरगन्ज,३चैतःवीरगन्ज नर्सिङ क्याम्पसमा नेविसंघको पहलमा आज (आइतबार) बृहत सरसफाई गर्नुका साथै लामखुट्टे मार्ने विषादी पनि छर्किएको छ ।स्ववियस निर्वाचनका लागि नेविसंघकी तर्फबाट सभापतिकी उम्मेदवार दियान्सु श्रेष्ठको पहलमा क्याम्पस परिसर र कक्षाकोठाहरुमा सरसफाई गरेर लामखुट्टे मार्ने विषादी पनि छर्किएको हो ।
क्याम्पस परिसरमा फोहारको उचित व्यवस्थापन नहुदाँ लामखुट्टको बिगबिगी बढेर क्याम्पसमा अध्ययनरत विधार्थी ,शिक्षकशिक्षिका र कर्मचारीलाई समस्या भएपछि नेविसंघका तर्फबाट सभापतिकी उम्मेदवार श्रेष्ठले शनिबार वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका नेता जगत साह कानुलाई आग्रह गरेकी थिइन् ।
त्यहि आग्रहमा आइतबार वडाध्यक्ष कानु वडा कार्यालयबाट सरसफाई कर्मचारीहरुसहित वीरगन्ज नर्सिङ क्याम्पसमा पुगेका थिए । सरसफाईकर्मीसंगै नेविसंघका उम्मेदवारसहितको टोलीले क्याम्पपसमा थुप्रिएको फोहोर संकलन गरेर टयाक्टरमा राखी ल्याण्डफिल्ड साइडमा पठाएको र क्याम्पसका कक्षाकोठा,छात्राबास र सभाहलकोपनि सफाई गरेर लामखुट्टे मार्ने विषादी छर्किएको सभापतिकी उम्मेदवार श्रेष्ठले बताइन् ।
क्याम्पसका विद्यार्थीहरुमाझ आँफुले गरेको वाचा पुरा गर्नका लागि आँफुले अहिलेदेखि नै काम सुरु गरिरहेको भन्दै श्रेष्ठले भनिन्,‘यो चुनावकाा बेला मात्र होइन , चुनावपछि पनि मैले गरे वाचाहरु पुरा गर्न हरसम्भव प्रयास गर्नेछु । क्याम्पसबाट सम्भव हुन नसकेका समस्याहरु समाधानका लागि आफनो पार्टी वा अन्य दाताहरुसंग समन्वय गरेर भएपनि विधार्थीको हकहित र सेवामा सदैव लागि रहनेछु ।’

