Madhes Khabar
समाचार

मकवानपुरबाट गाँजा लिएर पर्साको सुवर्णपुर आउँदै गरेका ७ जना पक्राउ

मकवानपुर,५बैशाखःमकवानपुरमा १३० केजी गाँजासहित सात जना पक्राउ परेका छन् ।पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको नेपाली सेना र निकुञ्जका कर्मचारीको संयुक्त टोलीले मनहरी गाउँपालिका– ४ माथिल्लो मसिनेबाट उनीहरूलाई १३० किलोग्राम गाँजासहित पक्राउ गरेको हो ।

पर्सा राष्ट्रिय निकुञ्ज नजिकैको क्षेत्रमा बोरा बोकेर हिंडिरहेका उनीहरूलाई सुरक्षाकर्मीले सोधपुछ गरेका थिए । शंका लागेर खानतलासी गर्दा गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाँजासहित पक्राउ पर्नेहरुमा मकवानपुरकै राक्सिराङ गाउँपालिका—३ का सुरेश चेपाङ, राक्सिराङ—७ का १९ वर्षीय टीकाराम चेपाङ, कैलाश गाउँपालिका—४ का २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय हरिकुमार चेपाङ, २७ वर्षीय वीरमान चेपाङ, मनहरी गाउँपालिका—४ का ४४ वर्षीय रामहरी लुईंटेल र मनहरी गाँउपालिका—५ का ३६ वर्षीय दीपक थापा मगर रहेका छन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनीहरू भरिया रहेको पत्ता लगाएको छ । राक्सिराङ गाउँपालिकाको सरिखेतबाट तस्करले गाँजा खरिद गरेर गाँजा कारोबारीले उनीहरुलाई पर्साको स्वर्णपूर गाउँमा पु¥याउन प्रतिकेजी एक हजार रुपैयाँ ज्याला दिएको पक्राउ परेकाहरुले प्रहरी समक्ष बताएका छन् ।

मकवानपुरको उत्तर पश्चिम र धादिङको किरान्चोकलगायत क्षेत्रमा उत्पादन भएको गाँजा मनहरी गाँउपालिकाका विभिन्न नाका हुँदै पर्सा राष्ट्रिय निकुन्जको जंगलबाट भारत पु¥याउने गरिन्छ । बुधबार बिहान बरामद गरिएको गाँजा र नियन्त्रणमा लिएका सात जनालाई कानुनी कारबाही गर्न निकुन्जका सुरक्षाकर्मीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको प्रहरी उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

Related posts

हुण्डीको रकमसहित नजिर र मुम्ताज पक्राउ

MadhesKhabar

वीरगन्जको सोलकपुरबाट गाजा सहित तीन महिला पक्राउ

MadhesKhabar

अजय चौरसियालाई समर्थन गर्दै बहुदरमाई–३ का वडाध्यक्षसहित दर्जनौ व्याक्तिहरु कांग्रेसमा प्रवेश

MadhesKhabar

Leave a Comment