Madhes Khabar
समाचार हेडलाइन

अजय चौरसियालाई समर्थन गर्दै बहुदरमाई–३ का वडाध्यक्षसहित दर्जनौ व्याक्तिहरु कांग्रेसमा प्रवेश


वीरगंज,१४ फागुन:  पर्साको बहुदरमाई नगरपालिका–३ का निर्वाचित वडाध्यक्ष दिनेश यादवसहित स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

क्षेत्र नम्बर–२ का नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसियाले नवप्रवेशीहरूलाई टीका लगाएर पार्टीमा स्वागत गरेका हुन्। प्रवेश कार्यक्रममा बोल्दै चौरसियाले लोकतन्त्रको सुदृढीकरण र विकासका एजेन्डालाई सफल बनाउन सबैको साथ आवश्यक रहेको बताए।

नवप्रवेशीहरूले उम्मेदवार चौरसियालाई विजयी गराउन आफूहरू आधिकारिक रूपमा पार्टीमा आबद्ध भएको बताउँदै आगामी निर्वाचनमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले क्षेत्रको समग्र विकास, सुशासन र जनताको अधिकार सुनिश्चित गर्न नेपाली कांग्रेस नै उपयुक्त शक्ति भएको दाबी गरे।

कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Related posts

तोरी खेतीले पंहेलपुर ठोरी : यसपालि २४ करोडको ताेरी उत्पादन हुने अनुमान

MadhesKhabar

पर्साको देउरीयामा धान खेतबाट ठूलो परिमाणमा चरेस बरामद, खेतधनी फरार

MadhesKhabar

चिसो बढ्दै गएपछि वीरगन्जका विद्यालयहरुमा थप तीन दिन जाडो विदा

MadhesKhabar

Leave a Comment