Madhes Khabar
राजनीति हेडलाइन

मधेसकाे मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

जनकपुरधाम,१९ मंसिर : सात दलको समर्थनमा मधेस प्रदेशकाे मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त भएका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेसको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता यादवलाई नियुक्त गरेका हुन्।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा यादवलाई नियुक्त गरिएको हो।

प्रदेश प्रमुख कार्यालय जनकपुरधामले मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेको थियो।साभार:अन्नपूर्ण पाेष्ठ

Related posts

गढीमाई मेलाको शोभायात्रा भाेलि निकालिदै, तयारीका लागि नगर क्षेत्रमा सार्वजनिक विदा

MadhesKhabar

जनमतका सतीश सिंहद्वारा मधेसकाे मुख्यमन्त्रीमा दाबी पेश

MadhesKhabar

ठोरीमा खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले भने :मधेसमा पानीको समस्या छिट्टै समाधान गर्छौ

MadhesKhabar

Leave a Comment