Madhes Khabar
राजनीति

बारा २ : नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार पुर्व गृहराज्यमन्त्री अन्सारी

वीरगन्ज,१९चैत : नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारी नागरिक उन्मुक्ति पार्टीबाट बारा २ को उम्मेदवार बन्ने भएका छन्। बैशाख १० मा हुने उपनिर्वाचनमा अन्सारीले नागरिक उन्मुक्ति पार्टीबाट बारा २ मा उम्मेदवारी दिने भएका हुन्।

बारा २ मा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादव, जनमत पार्टीबाट शीवचन्द्र कुशवाहा , राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले उम्मेदवारी दिने पक्का भइसकेको छ ।

नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी बिच दुई बुँदे सहमति समेत भएको छ । जसमा कार्यदल बनाएर छिट्टै पार्टी एकता गर्ने सहमति पनि भएको नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार चितवन र तनहुँमा पनि नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिने भएको छ। चितवन २ मा राजेश अधिकारी र तनहुँ १ मा भीम सुनारलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्ता पण्डितले जानकारी दिए।

Related posts

पर्सामा जसपा–एमाले गठबन्धनको चेतावनी : बागीले उम्मेदवारी फिर्ता नलिए कारबाही हुन्छ

MadhesKhabar

जनमत पार्टी विचार र सिद्धान्तविहीनहरुको जमात हाे : उपेन्द्र यादव

MadhesKhabar

प्रधानमन्त्रीसंग सांसद चौरसियाको प्रश्न : बजेटमा वीरगन्जलाई उपेक्षा किन गरियो ?

MadhesKhabar

Leave a Comment