काठमाडौं,११मंसिरःमधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ शुक्रबारका लागि सरेको छ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइ नसकिएपछि भोलि (शुक्रबार)का लागि सारिएको हो।सुरुमा न्यायाधीश फुयाँलले तीन घण्टाभित्र बहस सक्नुपर्ने भने पनि कानुन व्यवसायीले समय अभाव हुने भनेपछि थप समय दिइएको थियो ।
रिट निवेदकको तर्फबाट दुई घण्टाभन्दा बढी समय बहस गरेपछि मुख्यमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले एक घण्टा बहस गर्दा पनि नसकिएपछि हेर्दहेर्दैमा राखेर भोलिका लागि पेसी तोकिएको छ ।मधेस प्रदेशको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध अदालतमा दर्ता भएको थियो ।
यसअघिसर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइसकेको छ।साभारःरातोपाटी

