Madhes Khabar
राजनीति

खानेपानी संस्थानको सदस्यमा मेयर सिंहसहित ४ जना नियुक्त, मन्त्रालयको सल्लाहकारमा यादव

वीरगन्ज,१असारःनेपाल खानेपानी संस्थान सञ्चालक समितिको सदस्यमा वीरगन्ज महानगगरपालिकाका मेयर राजेशमान सिंहसहित चार जना नियुक्त भएका छन् ।

खानेपानी मन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थान संचालक समितिको सदस्यमा वीरगन्ज महानगरका मेयर राजेशमान सिंह, पोखरिया नगरपालिकाका उपमेयर सलमा खातुन , जसपाकी केन्द्रिय सदस्य मधुमाया यादव र जसपाका संघीय परिषद सदस्य मुकेश द्विवेदीलाई नियुक्त गरेका हुन् । खानेपानी मन्त्री यादवले जेठ १२ गतेको मन्त्रीस्तरीय निर्णयबाट चारै जनालाई नेपाल खानेपानी संस्थान संचालक समितिको सदस्यमा नियुक्त गरेका हुन् ।

नेपाल खानेपानी संस्थान संचालक समितिको सदस्यमा नियुक्त भएका वीरगन्जका मेयर सिंह, खातुन र द्विवेदी पर्सा जिल्ला निवासी हुन् भने यादव बारा जिल्ला निवासी हुन् ।यस्तै जसपाका केन्द्रिय सदस्य खानेपानी मन्त्रालयको अवैतनिक नीति सल्लाहकारमा नियुक्त भएका छन् । यादव, पर्साको पकहामैनपुर गाँउपालिका वडा नम्बर १ धोरेका स्थायीबासिन्दा हुन् ।

Related posts

विशेष महाधिवेशनबाट कांग्रेसकाे नयाँ नेतृत्व चयन :सभापतिमा गगन थापा, अरु पदाधिकारीमा काे काे ?

MadhesKhabar

मधेस प्रदेशका ५ सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश

MadhesKhabar

देउवाले बनाएको नेविसंघको तदर्थ समितिमा शेखर–गगन पक्षको असन्तुष्टि

MadhesKhabar

Leave a Comment