Madhes Khabar
राजनीति

प्रधानमन्त्री ओलीको स्टन्टले गर्दा भारतसंगको सम्बन्ध बिग्रियो : पूर्वमन्त्री प्रभु साह

सुनसरी,१८बैशाखःआम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाईमा मुलुकमा भैराखेको बेथितिको नेपाली कांग्रेस छड्के किनाराको साक्षी बनेको टिप्पणी गरेका छन् ।

१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार सुनसरीको इनरुवामा आजपा निकटको आम ट्रेड युनियन फेडरेसनद्धारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘मुलुकमा बेथिति, भ्रष्टाचार, अनियमितता बढदै गईरहेको छ । प्रधानमन्त्रजी हरेक क्षेत्रमा असफल हुनुभएको छ र छड्के किनाराको साक्षी कांग्रेस हुनु दुखद छ । आम जनताले परिवर्तन र निकास खोजेका छन्,’ आजपा अध्यक्ष साहले भने, ‘एउटा गभर्नर नियुक्त गर्न नसक्ने सरकारले देश कसरी चलाउछ ? सरकारले मुलुकलाई अन्योल बनाएको छ । यसरी मुलुक अगाडी बढन सक्दैन् ।’

उनले प्रधानमन्त्री ओलीको स्टन्टले वैदेशिक सम्बन्ध बिग्रदै गएको बताए । ‘मुलुकलाई अगाडी बढाउन असफल भएको वर्तमान सरकारको स्टन्टले वैदेशिक सम्बन्ध बिग्रदै गएको छ । हाम्रा दुई छिमेकी भारत र चीनसंग सम्बन्ध राम्रो छैन् । प्रधानमन्त्रीको स्टन्टले भारतसहितका देशसंगको सम्बन्ध बिग्रेको छ,’ उनले भने ।

श्रमजिवि, मजदुर सहित आम जनताको पक्षमा काम नगरी वर्तमान सरकार बिचौलिया र भगौडा बर्गको सेवामा लागेको उनले बताए । बिचौलिया र भगौडा बर्गको सेवा गरिरहेको सरकारले बिचौलियाकै सेटिङमा लागेकाले गभर्नर नियुक्तीमा ढिलाई गरेको उनले बताए ।

नेपाल सहित विदेशमा श्रमजिवि मजदुरहरु बिभिन्न समस्याका कारण तड्पिरहेको भए पनि सरकार मौन बसेको उनले बताए । विदेशमा काम गरिरहेका नेपाली मजदुरहरुले ट्रेड युनियनको हकअधिकार पाउनुपर्ने आजपा अध्यक्ष साहले बताए ।

Related posts

अब पनि नागरिकता विधेयक पास नभए आन्दोलन गर्ने सांसद यादवको चेतावनी

MadhesKhabar

जेष्ठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने नागरिक उन्मुक्ति पार्टीको घोषणा

MadhesKhabar

पर्साका प्रमोद जयसवाल फेरि बने मन्त्री

MadhesKhabar

Leave a Comment