Madhes Khabar
राजनीति

जसपा नेपालबाट फुटेर बनेको अशोक राईको पार्टी दर्ता यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

फाइल तस्बिर ।

काठमाडौं,२जेष्ठःसर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजनका विषयमा भएका निर्णयहरु यथास्थितिमा राख्न निर्वाचन आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायााधीश विनोद शर्माको इजलासले पार्टी विभाजनपछि निर्वाचन आयोगले गरेको अशोक राई अध्यक्ष रहेको जसपा नामक दलको दर्तालगायतका निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिँदै ८ जेठमा दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

बैशाख २३ गते जसपा नेपालबाट ७ जना सांसदसहित विभाजित भएको समूहले अशोक राई नेतृत्वमा नयाँ पार्टी जसपा दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले २४ वैशाखमा उक्त दल दर्ता गर्ने निर्णय गरेको थियो । उपेन्द्र यादवले जसपा नेपालबाट विभाजित भएको समूहको दल दर्ता कानुन विपरीत भएको जिकिर गर्दै सर्वोच्चमा रिट दिएका थिए ।साभारः अनलाइनखबरबाट

Related posts

महङ्गी रोक्न सरकारसंग राप्रपाको माग

MadhesKhabar

पार्टी फुटेपछि उपेन्द्र यादवले केन्द्रीय समिति दाेब्बर बनाए

MadhesKhabar

राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन वीरगन्जमा भेटघाट कार्यक्रम सम्पन्न

MadhesKhabar

Leave a Comment