Madhes Khabar
राजनीति

महङ्गी रोक्न सरकारसंग राप्रपाको माग

मधेशखबर
२०७९ असार १ , वीरगंज

राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपा पर्साले बढ्दो महँगाई नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । पार्टिका जिल्ला अध्यक्ष सुमेश्वर उपाध्यायको हस्ताक्षर सहितको १९ बुँदे ज्ञापनपत्र ,पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पठाएको हो ।
ज्ञापनपत्र बुझाए पश्चात् र्याली घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्ने क्रममा बिरगंज महानगर अध्यक्ष जलेशवर सरार्फले देश अहिले मरुभूमिको अवस्थामा पुगिसकेकोले बेलैमा होश पुर्याएर देश र जनताको समस्या एकमुष्ट बुदागत रुपले समाधान गर्न माग गर्नुभयो । माग पुरा नभए राप्रपाले देशमा अब आन्दोलनले नै जनता र देशको समस्या समाधान गर्ने चेतावनी प्रधानमन्त्रीलाई सरार्फले दिएका हुन् ।
देशमा बढ्दै गएको महँगाई ,भ्रष्टाचार र मलको समस्या समाधानको माग गर्दै देशैभरी राप्रपाले बुधबार ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउन गएको टोलिमा राप्रपाका जिल्ला अध्यक्ष सुमेश्वर उपाध्याय, अंगद ठाकुर ,पन्नालाल पटेल, अवधकिशोर साह, नगिना यादव ,बिरगंज महानगर अध्यक्ष जलेशवर सरार्फ लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

Related posts

सरकार अघि बढिसक्यो ,अब सहकारी ठगहरूले अब उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

MadhesKhabar

पर्सामा कांग्रेसबाट निर्वाचित पूर्व वडाध्यक्ष यादवसहित सयौं जना जसपामा प्रवेश

MadhesKhabar

वीरगन्ज ३२ मा विजय सरावगी र पुरुषोत्तम झाको संयुक्त घरदैलो

MadhesKhabar

Leave a Comment