Madhes Khabar
राजनीति

मन्त्री गुप्तालाई एमाले मधेस प्रदेश कमिटीले गर्‍यो सम्मानित

वीरगन्ज,२३भदाैं:नेकपा एमालेकाे मधेस प्रदेश कमिटीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई सम्मानित गरेको छ।आइतबार महाेत्तरीकाे बर्दिबासमा एमाले केन्द्रीय अनुशासन आयोगले आयोजना गरेकाे कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री गुप्तालाई सम्मानित गरिएको हाे।

कार्यक्रममा मन्त्री गुप्तालाई दोशल्ला ओढाएर सम्मान गर्दै एमाले मधेस प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलले सरकार सञ्चालनमा सकृय भूमिका खेल्न आग्रह गरे।

अध्यक्ष मण्डलले मन्त्री गुप्ताले देशको संघीय संरचनामा शासन व्यवस्थामा सुधार ल्याउन र समग्र जनताको हितमा काम गर्न सधैं अग्रसर भूमिका निर्वाह गर्दै आएको बताए। रउनले मन्त्री गुप्ताले हालैका दिनहरूमा संघीय मामिला र सामान्य प्रशासनमा देखिएको चुनौतीहरूको सामना गर्न, विशेषगरी मधेस प्रदेशको विकास र समृद्धिका लागि अझै बढी सक्रियता देखाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा पार्टीका नेता, कार्यकर्ताकाे सहभागीता रहेको थियो।

Related posts

वीरगन्जमा हुने भनिएको सद्भावना पार्टीको महाधिवेशन अब जनकपुरमा हुने

MadhesKhabar

एमाले मधेस प्रदेशको उपाध्यक्षमा पर्साका विचारी यादव सर्वसम्मत चयन

MadhesKhabar

मधेस सरकारबाट समर्थन फिर्ता लिदैं जनमत पार्टीले मुख्यमन्त्री र मन्त्रीहरुलाई पनि फिर्ता बाेलायाे

MadhesKhabar

Leave a Comment