बारा,९माघःबारामा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले नयाँ सदस्यता वितरण अभियान थालेको छ ।बुधबार लोसपा नेपालका वरिष्ठ उपाध्यक्ष तथा मधेस प्रदेश अध्यक्ष माननीय जितेन्द्र सोनलको प्रमुख आतिथ्यतामा बारा क्षेत्र नम्बर ४ मा आयोजित क्षेत्रीय भेलामा सदस्यता वितरण अभियान थालिएको हो ।
बुधबार देखि क्षेत्र नम्बर ४ मा सुरु सदस्यता वितरण अभियान क्षेत्र नम्बर ४ मा पर्ने जीतपुरसिमरा उपमहानगरपालिका,परवानीपुर,प्रसौनी,फेटा र विश्रामपुर गाँउपालिकाका सबै वाडामा सञ्चालन गरिने लोसपाका युवा नेता रमेश सर्राफले बताए ।
बुधबार लोसपाका जिल्ला उपाध्यक्ष तथा क्षेत्रीय अध्यक्ष सिताराम गुप्ताको अध्यक्षता तथा वरिष्ठ उपाध्यक्ष सोनलको प्रमुख आतिथ्यतामा भएको भेलामा पर्यवेक्षक जैनुल राई,केन्द्रिय स सदस्य घनश्याम गिरी, शिवजी साह सोनार, हरेन्द्र यादव,भोला गुप्ता , रामजी मण्डल , जयप्रकाश साह, लोकतान्त्रिक मुस्लिम संघका संयोजक डा.करमुल्लाह,विश्रामपुर गाएपालिकाका अध्यक्ष जुबेर अलि भुटो ,जगत नारायण महतो , सुरेश साह, गिता साह लगायतकाकोपनि सहभागिता थियो ।

