Madhes Khabar
राजनीति

गुप्ताले राजिनामा दिएपछि सामान्य प्रशासन मन्त्रीमा न्यौपाने नियुक्त

काठमाडौं,३१असारः राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन् । नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेकी न्यौपानेलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति निकालेर न्यौपानेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी पाएको जानकारी दिएकी छन् ।

मंगलबार बिहान नै यो मन्त्रालयबाट राजकुमार गुप्ताले राजीनामा दिएका थिए । लगत्तै रिक्त मन्त्री पदमा न्यौपाने नियुक्त भएकी हुन् ।न्यौपाने २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन् । राष्ट्रिय सभा सदस्यको रूपमा उनको कार्यकाल आगामी फागुन २० गतेसम्म छ ।

Related posts

पर्सा २ का मतदाता भन्छन् : हिन्दु राष्ट्रका लागि हाम्रो भोट राप्रपालाई

MadhesKhabar

चिनियाँ राजदूत सोङको विरोधमा प्रदर्शन

MadhesKhabar

संघीय सरकारमा पर्साबाट पहिलोपटक एकसाथ तीन जना बने मन्त्री

MadhesKhabar

Leave a Comment