Madhes Khabar
राजनीति

पर्सा–३ मा जितेका रास्वपा सांसद चौरसियाको चुनाव खर्च ११ लाख ६५ हजार मात्रै

वीरगन्ज,२८ फागुनःपर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा रास्वपाबाट निर्वाचित रामाकान्त चौरसियाले यसपालिको निर्वाचनमा आँफुले गरेको खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।बिहीबार चौरसियाले निर्वाचनमा गरेको खर्चको विवरण निर्वाचन कार्यालयय पर्सामा बुझाएका हुन् ।

जसममा उनले कूल ११ लाख ६५ हजार ७४० रुपैयाँ मात्रै खर्च भएको उल्लेख गरेका छन् । चौरसियाले सबैभन्दा बढी प्रचार प्रसार सामाग्रीमा ३ लाख ६५ हजार ५०० रुपैयाँ र वडास्तरीय प्रचार प्रसार कार्यक्रममा ३ लाख ४९ हजार ७५० रुपैयाँ खर्च भएको जनाएका छन् । यस्तै सवारी साधन र इन्धनमा गरी २ लाख ८५ हजार रुपैयाँ ,प्रचारको ब्यानरमा ९३ हजार २३० रुपैयाँ , नमूना मतपत्र छपाई ,पोष्टर र पम्प्लेटको छपाईमा ३५ हजार ७६० रुपैयाँ , गोष्ठी अन्तरकृयामा २६ हजार ५ सय रुपैयाँ र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको चौरसियाले निर्वाचन कार्यालयमा पेश गरेको खर्च विवरणमा उल्लेख छ ।

फागुन २१ को निर्वाचनमा पर्सा–३ मा रास्वपाका चौरसिया २९ हजार ६७९ मतका साथ निर्वाचित हुदाँ कांग्रेसका सुरेन्द्र चौधरी १६ हजार ३६६ मतका साथ दोस्रो र एमालेका रुपेश कुमार पाण्डेय ११ हजार ९१४ मतका साथ तेस्रो भएका थिए ।

 

 

Related posts

एनसेल बिक्रीमा जालझेल भएको सांसद यादवको आरोप

MadhesKhabar

गठबन्धनमा सहभागी हुन काँग्रेसकाे प्रस्तावमा सिके राउत सकरात्मक

MadhesKhabar

राप्रपाका नेताहरु भन्छन् : हिन्दु राष्ट्र र राजसंस्थाका लागि देशभर आन्दोलनको तयारी हुदैछ

MadhesKhabar

Leave a Comment