Madhes Khabar
राजनीति हेडलाइन

म कानुनमन्त्री भएकै बेला आमाको नामबाट नागरिकता दिने कानुन पास भएको हो : पूर्वमन्त्री चैरसिया

वीरगन्ज,२३माघः पर्सा क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले कांग्रेसकै अगुवाई र पहलमा संविधान संशोधन गरेर मधेसका माग सम्बोधन गरिएको दाबी गरेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वामा शुक्रबार आयोजित कांग्रेसको वडा स्तरीय भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री चौरसियाले उक्त दाबी गरेका हुन् ।

जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, राज्यको रहेक निकायमा मधेसी सहभागिताको सुनिश्चितता, जन्मका आधारमा नागरिकता लिएकाहरुको सन्तानका लागि बंशजको नागरिकता लगायतका मधेसका मुद्धाहरु कांग्रेसकै अगुवाई र पहलमा दुई दुई पटक संविधान संशोधन गरेर सम्बोधन गरिएको चौरसियाले दाबी गरे ।

पूर्व कानुनमन्त्री समेत रहेका चौरसियाले आँफु कानुनमन्त्री रहेकै बेला आमाको नामबाट सन्तानतले नागरिकता पाउने कानुन पास गराएको जिकिर पनि गरे ।

राणा र राजाले सिध्याउन नसकेको कांग्रेसलाई अहिले नयाँ भनाउँदा पार्टीहरुले सिध्याउन नसक्ने भन्दै उनले भने,‘ जनताको अधिकारका लागि कांग्रेस जेलनेल भोगेर आएको पार्टी हो । त्यसका कारण कांग्रेसलाई सिध्याउँछु भनेर अहिले नयाँ भन्ने कुनै दलले सोचेको छ भने त्यो दीवा सपनामात्रै हुनेछ ।’

नेपाली कांग्रेसका बुथ सभापति रामनगिा साह कानुको अध्यक्षता तथा पूर्वमन्त्री चौरसियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य रामरुप कुर्मी , मधेस प्रदेशका कृषिमन्त्री श्याम पटेल, पूर्वमन्त्री ओमप्रकाश शर्मा, कांग्रेस महाधिवेशन प्रतिनिधि राकेश सिंह,क्षेत्रीय सभापति महमद शाहबुदिन ,सचिव रन्जित पटेल, वीरगन्ज महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ, कांग्रेस युवा नेता राकेश यादव, नेविसंघ पर्साका सभापति रमेशयादव लगायतकाले पनि मन्तव्य व्यक्त गरेका थिए ।

कांग्रेस महानगरका पूर्व सचिव मनोहर साहले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन महानगर उपसभापति सन्तोष गुप्ताले गरेका थिए ।

Related posts

निजी विद्यालयलाई वीरगन्ज महानगरको निर्देशन : आइतबार स्कूल नखोल्नु, किताब र ड्रेस बेच्न काम तत्काल बन्द गर्नु

MadhesKhabar

कक्षा-१२ काे परीक्षा बैशाख २६ देखि

MadhesKhabar

बजेट पास हुने बित्तिक्कै संसदमा नागरिकता विधेयक पेस हुन्छ : प्रधानमन्त्री देउवा

MadhesKhabar

Leave a Comment