Madhes Khabar
राजनीति

जसपाद्धारा पर्सा-४ बाट प्रत्यक्षमा युवा नेता तबरेज अहमदको एकल नाम सिफारिस

वीरगन्ज,२५ मंसिरः आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पर्सा जिल्लाको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

जसअनुसार पर्सा क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा तबरेज अहमदको एकल नाम सिफारिस गरिएको छ । बिहीबार वीरगन्जमा बसेको जिल्ला कार्य समितिको बैठकले अहमदको एकल नाम सर्वसम्मतले सिफारिस गरेको हो ।अहमद, भूमी समस्या समाधान आयोग पर्साका अध्यक्षपनि हुन् ।

पहिलो मधेस आन्दोलनदेखि नै वीरगन्जमा युवाहरुको अगुवाई गर्दै सकृय सहभागिता जनाउँदै आएका अहमद पार्टीको पूर्वजिल्ला सचिवपनि हुन् ।

जसपाले उक्त क्षेत्रबाट समानुपातिकतर्फ रम्भा यादवको नाम पनि एकल सिफारिस गरेको छ । वीरगन्जको होटल पूजनमा जसपा पर्साका अध्यक्ष सिंहासन सा कलवारको अध्यक्षता तथा पूर्वमन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यता र वीरगन्ज महानगरका मेयरसमेत रहेका पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंहको विशिेष उपस्थितीमा बसेको बैठकमा केन्द्रिय सदस्य पुरुषोत्तमलाल झा, पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सहयोग गर्ने प्रचण्डको वचन

MadhesKhabar

एमाले अध्यक्षमा केपी ओलीको ह्याट्रिक, अरु पदाधिकारीमा को को भए विजयी ?……

MadhesKhabar

बारामा एकीकृत समाजवादीका दुई प्रदेशसभा सदस्य एमालेमा फर्किए

MadhesKhabar

Leave a Comment