Madhes Khabar
राजनीति हेडलाइन

पूर्वराजा ज्ञानेन्द्र शाह सिमरामा, समर्थकले गरे भव्य स्वागत

सिमरा,२३पुष: पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार बाराकाे सिमरा आएका छन् । मौसमका कारण हवाई उडान अनिश्चित बनेपछि पूर्वराजा शाह सडकमार्ग हुँदै भैरहवाबाट सिमरा आएका हुन् ।

आफैले गाडी चलाएर आएका पूर्वराजा शाहलाई सिमरास्थित प्रभु निवासमा उनका समर्थकले भव्य स्वागत गरेका थिए । परिवारसहित आएका पूर्वराजा शाहले प्रभु निवासबाहिर आफ्ना समर्थकसंग भेट गरेका थिए ।

पूर्वराजा शाहलाई स्वागत गर्न विभिन्न स्थानबाट उनका समर्थक सिमरा आएका थिए । यसअघि उनको आइतबार सिमरा आउने कार्यक्रम रहेको थियो । तर मौसमका कारण भैरहवा विमानस्थल दिनभर नखुलेपछि सिमरा यात्रा स्थगित भएको थियो ।

पूर्वराजा शाहलाई स्वागत गर्न आइतबार दिउँसो हजारौंको संख्यामा रहेका समर्थक सिमरा विमानस्थल पुगेका थिए । तर उनको सिमरा आउने कार्यक्रम स्थगित भएपछि समर्थक निराश हुँदै फर्किएका थिए ।

पूर्वराजा शाहले बारा र पर्सामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ । उनको कार्यक्रमको विषयमा आधिकारिक जानकारी भने गराइएको छैन ।साभार:ईशीलालेख

Related posts

त्रिशूली नदीमा बेपत्ता बस र यात्रु भेटिएनन्, खोजि कार्य स्थगित

MadhesKhabar

सीके राउतको खुलासा:प्रधानमन्त्री र गृहमन्त्रीले मेयर बालेनलाई पक्राउ गर्न खोजेका थिए

MadhesKhabar

पर्साका सरकारी विद्यालयमा शिक्षाको गुणस्तरमा सुधार ल्याउन सरोकारवालाले देखाए चासो

MadhesKhabar

Leave a Comment