Madhes Khabar
राजनीति

राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

काठमाडौं,१६फाल्गुनःसत्तारुढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिस डाँडामा बुधबार बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

आउने निर्वाचनमा माओवादी एक्लैले लड्ने उनको भनाई छ। ‘हाम्रो पार्टीको केन्द्रीय समितिको बैठकले र विधान सम्मेलनमा पनि के स्पष्ट भनिसकिएको छ भने अब आउने निर्वाचनमा हाम्रो पार्टीले नै सिंगल, स्वतन्त्रतापूर्वक अथवा प्रतिस्पर्धा गर्ने भनिसकेका छौं। सापकोटाले भने, ‘अब आउने चुनावका लागि एक्लै प्रतिस्पर्धा गर्ने गरी तयारी गर्नुपर्छ भनेर भनिसकेका छौं। यो गठबन्धन गर्ने–नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिअनुसार गर्ने कार्यनीति हो।’

स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरूले राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्नेमा जोड दिएका छन्। ‘अधिकांशले नछोड्ने भनेको छ। हामीले पनि आजको बैठकबाट उम्मेदवारी दिने निर्णय गरेका छौं’ उनले भने।

गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका कांग्रेसका कृष्णप्रसाद सिटौलाले अध्यक्षको दाबी गरिरहेको बेला माओवादीले उक्त पदको दाबी गरेपछि सत्तारुढ दलभित्र भागबन्डामा सकस पर्ने देखिएको छ।साभारःअन्नपूर्णपोष्टबाट

Related posts

पर्सामा जय नेपाल फाउण्डेसनको कार्यसमिति विस्तार, जिल्ला संयोजकमा मनोहर साह

MadhesKhabar

केपी ओलीको उद्घोष : फागुन २१ मा चुनाव हुदैन, संसद पुर्नस्थापना गराएरै छाडिन्छ

MadhesKhabar

मधेसी दलहरुसहितकाे संघीय लोकतान्त्रिक मोर्चा घोषणा

MadhesKhabar

Leave a Comment