वीरगन्ज,१२कार्तिकःजय नेपाल फाउण्डेसनको पर्सा जिल्ला कार्यसमिति विस्तार गरिएको छ ।वीरगन्जमा सोमबार संविधानसभा सदस्य तथा नेपाली कांग्रेस पर्साका पूर्वसभापति राजेन्द्रबहादुर अमात्यको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले पर्सा जिल्ला कार्यसमिति विस्तार गरेको हो ।
मनोहर साह जिल्ला संयोजक रहेको जिल्ला कार्यसमितिको पर्सा क्षेत्र नम्बर १ को क्षेत्रीय संयोजकमा बिजेन्द्र चौरसिया, क्षेत्र नम्बर २ को क्षेत्रीय संयोजकमा पृथ्वी आलोक , क्षेत्र नम्बर ३ को क्षेत्रीय संयोजकमा मुमताज देवान र क्षेत्र नम्बर ४ को क्षेत्रीय संयोजकमा जयनेपाल चौरसिया रहेका छन् ।
यस्तै महिला संयोजकमा मिन्टु देवी,जिल्ला सचिवमा सुदर्शन लामिछाने,सहसचिवमा इन्ग्रासन यादव तथा कोषाध्यक्षमा सन्तोषदेवी खतिवडालाई जिम्मेवारी दिइएको जिल्ला संयोजक साहले जानकारी दिए।यसैगरि क्षेत्र नम्बर १ को क को संयोजकमा प्रेम यादव र ख को संयोजक कुनाल मेहता तथा क्षेत्र नम्बर २ को क को संयोजकमा चन्दन पटेल र ख को संयोजक आकाश गुप्ता तथा क्षेत्र नम्बर ४ को ख को संयोजकमा सुनिल साह कानु रहेका छन् ।
यसैगरि जिल्लाको जनजाति संयोजकमा नितेश चौधरी तथा प्रेस संयोजकमा क्रान्ति शाह र राहुल गुप्ता रहेको जिल्ला संयोजक साहले जानकारी दिए ।
कार्यक्रममा नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिदैं संविधानसभा सदस्य अमात्यले देश र राजनीति अहिले निक्कै कठिन अवस्थाबाट गुज्रिरहेको बताउँदै यसबाट पार लगाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए ।
कांग्रेसको शुभेच्छुक सस्थाका रुपमा रहेको जय नेपाल फाउण्डेसनले नेपाल र नेपालीको समृद्धिमा योगदान गर्ने अपेक्षा लिएको उनले बताए । यो संस्थाले लिएको उदेश्य प्राप्तिमा दत्तचित्त भएर लाग्न उनले पर्साको कार्यसमितिलाई सुझावपनि दिए ।
जय नेपाल फाउण्डेसन पर्साका संयोजक मनोहर साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता शम्भु चौहान, कांग्रेसका महानगर उपसभापति सन्तोष गुप्ता, ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रमोद कुशवाहा,कांग्रेस युवा नेता रोशन लामिछाने ,सन्तोष सिंह,राकेश यादव ,बाबुनन्द पटेल लगायतकोपनि सहभागीता थियो ।