Madhes Khabar
राजनीति

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयलाई समर्थन गर्दै बलुवा गाँउका २० बढी युवाहरु एमालेमा प्रवेश

वीरगन्ज,१४फागुनःपर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ५ बलुवाका विभिन्न दल परित्याग गरी २० जना बढी स्थानीय नेताकायृकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बिहीबार पोखरियामा आयोजित एमालेको युवा भेलामा पर्सा–३ का एमाले उम्मदवार रुपेश पाण्डेयलाई समर्थन जनाउँदै थारु (जलेन्दर) यादवको नेतृत्वमा २० जना एमालेमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा नवप्रवेशीहरुलाई एमाले उममेदवार पाण्डेय, पूर्वप्रदेशसभा सदस्य प्रहलाद गिरि, सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष प्रदीप जयसवाल, युवा नेता सुजित गिरि लगायतले टीका र गम्छा लगाएर एमालेमा स्वागत गरेका थिए ।

Related posts

रवि लामिछाने काठमाडौंमा पनि ६० लाख धरौटी बुझाएर रिहा

MadhesKhabar

काँग्रेस उम्मेद्वार कुर्मी भन्छन् : वीरगन्जका काेहि पनि मुख्यमन्त्रीसंग सन्तुष्ट छैनन्, उल्टै भ्रष्टाचार गरेर मधेसलाई बदनाम गराए

MadhesKhabar

कुलमानको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने, चुनाव चिह्न बिजुलीकाे `बल्ब´

MadhesKhabar

Leave a Comment