Madhes Khabar
राजनीति

बारामा जनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष साहमाथि पार्टीकै नेताले कालोमोसो छ्यापे

दिपक साह र उनलाई कालोमोसो छ्याप्ने विकास सिंह सिके राउतसँग ।

जनकपुरधाम,२९असारःबारामा जनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि जनमत पार्टीकै नेताहरुले कालोमोसो छ्यापेका छन् ।

जनसंवाद यात्रामा रहेकाबेला बाराको गढीमाई नगरपालिका–३ दहियाचोकमा आइतबार बिहान ११ बजे जनमत पार्टीका केन्द्रीय सदस्य विकास सिंहको नेतृत्वमा रहेकाहरुले साहमाथि कालोमोसो छ्यापेका हुन् ।

निलम्बित उपाध्यक्ष साहको नेतृत्वमा शुक्रबारदेखि जनमतको नेतृत्वबाट असन्तुष्ट पक्षले रौतहटबाट जनसंवाद यात्रा सुरु गरेका थिए । सोही यात्रामा रहेको बेला पार्टी अध्यक्ष डा. सिके राउतको निर्देशनमा सिंहले आफूमाथि मोसो छ्यापेको साहको आरोप छ ।

‘जन संवाद यात्राको क्रममा खाना खाएर निस्केको थिएँ । सोही क्रममा अध्यक्ष राउतका निकट विकास सिंहको नेतृत्वमा ममाथि कालोमोसो छ्यापियो’, उनले भने, ‘हामीले संवाद यात्रा थालेपछि बाहिर ननिस्किन निरन्तर अध्यक्ष निकटबाट धम्की आइरहेको छ ।’

पार्टीमा डा. राउतले परिवारवाद लाद्न खोजेको र स्वतन्त्र मधेस गठबन्धकै बेलादेखि संघर्ष गरेर पार्टीलाई यो स्थानमा पु¥याउनेहरुलाई अघि बढ्न नदिन विभिन्न बहानमा अनुशासनको कारबाही तथा फसाउने काम गरिरहेको संवाद यात्रा थालेका पक्षको ठहर छ ।
निलम्बित कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादव र केन्द्रीय सदस्य वीरेन्द्र साह सोनारको अगुवाइमा पार्टी र पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो र सुदृढ बनाउन अन्तरसंघर्षको रुपमा ‘जनसम्वाद यात्रा’ रौतहतबाट सुरु गरिएको थियो ।

जनमतका केन्द्रीय सदस्य विपी साहले मोसो छ्याप्नु राजनीतिक तथा लोकतान्त्रिक चरित्र नभएको बताएका छन् । उनले यस बारेमा पार्टीभित्र छानबिन हुनुपर्ने पनि माग गरेका छन् ।साभार : अनलाइनखबरबाट

 

Related posts

बारा ४ को ख बाट प्रदेशसभा सदस्यमा युवा नेता लोकेश सिंह सिफारिस

MadhesKhabar

प्रमुख प्रशासकीय अधिकृत काफ्लेकाे अमेरिका भ्रमण मन्त्री गुप्ताले राेकेकाे मेयर पाैडेलकाे आराेप

MadhesKhabar

बारासहित मधेस प्रदेशका ७ स्थानमा उप–निर्वाचन

MadhesKhabar

Leave a Comment