Madhes Khabar
राजनीति हेडलाइन

प्रमुख प्रशासकीय अधिकृत काफ्लेकाे अमेरिका भ्रमण मन्त्री गुप्ताले राेकेकाे मेयर पाैडेलकाे आराेप

काठमाडौं,२०भदाैं:संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संयुक्त राज्य अमेरिका भ्रमणमा जान लागेकी एक महिला कर्मचारीको मनोनयन रद्द गरेका छन् ।

गुप्ताले यूएसएडको एक कार्यक्रमका लागि अमेरिका जान मंगलबार (१८ भदौ) भिसा पाएकी बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) उर्मिला काफ्लेको भिसा मंगलबार नै रद्द गर्ने निर्णय गरेका हुन् ।

काफ्ले सहित १२ जना कर्मचारी पब्लिक फिनान्सियल म्यानेजमेन्ट विषयक चारदिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन अमेरिका जान मनोनयनमा परेका थिए । त्यसमध्ये २ जना कर्मचारीको भिसा नै लागेन भने काफ्लेलाई मन्त्री गुग्ताले नै विदेश जान रोक्ने निर्णय गरेका हुन् ।

यूएसएडले १७ जुलाई २०२४ मा पत्र लेख्दै ९ देखि १२ सेप्टेम्बरसम्मको कार्यक्रमका लागि निम्तो दिएको थियो । मन्त्रालयले ६ साउनमा उनलाई मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी अमेरिका जाने टोलीमा मनोनयन गरेको थियो । त्यतिबेला गुप्ता मन्त्री भएर आइसकेका थिए ।

मन्त्रालय स्रोत अनुसार जीतपुरसिमारा नगरपालिकाका एमालेबाट निर्वाचित जनप्रतिनिधिले उनकाे मनोनयन रद्द गर्न दबाब दिएका थिए । केही महिनादेखि उपमहानगरपालिकामा मेयर र एमाले जनप्रतिनिधिबीच चर्को विवाद छ ।

माओवादी केन्द्रबाट निर्वाचित मेयर राजन पौडेललाई प्रमुख प्रशासकीय अधिकृत काफ्लेले सघाएको भन्दै राजनीतिक दबाबमा उनको सरुवाका निर्णय समेत भएको थियो ।मन्त्रालयले गत ३ साउनमा काफ्लेलाई फिर्ता बोलाएर जीतपुरसिमरा उपमहानगरपालिकामा चेतकुमार पोखरेललाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाउने निर्णय गरेको थियो ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा गर्दै यसअघि पनि जीतपुरसिमरा उपमहानगरपालिकामा काम गरिसकेका पोखरेललाई त्यहाँ पठाइएको थियो । पोखरेल यससघि करिब २७ महिना जीतपुरसिमरा उपमहानगरपालिकामै प्रमुख प्रशासकीय अधिकृत थिए ।

तर, राजनीतिक पूर्वाग्रहमा एक दुई महिना काम नगर्दै काफ्लेको सरुवा गरिएको भन्दै विरोध भएपछि सरुवाको निर्णय रोकिएको थियो । मेयर पौडेलले वन मुद्दा समेत खेपिरहेका पोखरेललाई हाजिर नगराउने अडान लिएपछि काफ्ले जीतपुरसिमरामै रोकिएकी थिइन् । १० साउनमा सर्वोच्च अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

बहुमत वडामा नेकपा एमालेले जितेको जीतपुरउपमहानगरमा गत १० असारमा बोलाइएको नगरसभामा विवाद भएको थियो । एमाले जनप्रतिनिधिले नरुचाएको नगरसभा गर्न सघाएकी प्रमुख प्रशासकीय अधिकृत काफ्लेसँग उनीहरु असुन्तुष्ट छन् । यही अवस्थामा अमेरिका जान लागेकी काफ्लेलाई मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री गुप्ताले काफ्लेको मनोनयन रद्द गरेकाे जीतपुर सिमरा नगरपालिकाका मेयर पौडेलकाे आराेप छ।

मेयर पाैडेलले आफूसँगको राजनीतिक पूर्वाग्रहका आधारमा प्रमुख प्रशासकीय अधिकृत काफ्लेको विदेश भ्रमण रद्द गरिएको आरोप लगाए ।

‘मेयरप्रति उत्तरदायी भयो भन्ने आधारमा मधेस प्रदेशमा खटिएकी एक मात्रै महिला प्रमुख प्रशासकीय अधिकृतमाथि अन्याय गरियो’ उनले भने ‘भिसा लागिसकेपछि मनोनयन रद्द गरिएकाले नियम प्रष्ट छ ।’
साभार:अनलाइनखबर

Related posts

महाशिवरात्रीमा काठमाडौंको पशुपतिको जस्तै झल्को वीरगन्जमापनि (फोटो फिचर)

MadhesKhabar

एमाले पर्साको अध्यक्षमा डा. शर्मा सर्वसम्मत चयन, उपाध्यक्षसहितका पदाधिकारीमा चुनाव हुने

MadhesKhabar

वीरगन्जको नबिल बैंकबाट १ कराेड बढी रकम चाेरी प्रकरण : अहिलेसम्म ४ जना पक्राउ

MadhesKhabar

Leave a Comment