Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

बारा : बंगरी नदि प्रदुषित गर्ने रिलायन्स चिनी मिललाई कारबाही गर्न युवाहरुको माग

वीरगन्ज,०२कात्र्तिकःबाराको बंगरी नदीमा रिलायन्स सुगर इन्डष्ट्रिज (चिनी मिल) ले गर्दै आएको प्रदुष्ण रोक्न माग गर्दै युवाहरुले बाराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

आइतबार बाराको कलैया उपमहानगरपालिकाको मनगढवा, फेटा गाँउपालिकाको अकवनीया र भलुही तथा प्रसौनी गाँउपालिकाको गोइठी गाँउका युवाहरुले बाराका प्रमुख जिल्ला अधिकारीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

बाराको श्रीपुर मनहर्वामा रहेको रिलायन्स सुगर मिलले उद्योगबाट निस्कने फोहोर र रसायनयुक्त पानी सिधै बंगरी नदीमा मिसाउने गरेका कारण नदी प्रदुषीत भएको र त्यसबाट गाँउमा दुर्गन्ध फैलनुका साथै विभिन्न किसिमका रोगको संक्रमण देखा पर्दै आएको छ ।नदीको प्रदुषणले ब्रह्मपुरी, बेलहिया, प्रस्टोका, भतौडा, बैराटपुर, गोइठही, मनगढवा, भलुही, अकवनिया, त्रिवेणी लगायत करिब ५० भन्दा बढी गाउँहरु प्रत्यक्ष प्रभावित भएको त्यहाँका युवाहरुको भनाई छ ।

अहिले छठ पर्वका बेला प्रदुषित नदीमै श्रद्धालु भक्तजनहरुले अर्घ दिनुपर्ने बाध्यतापनि देखिएकाले नदीको प्रदुषण तत्काल रोकेर नदी प्रदुषण गर्ने रिलायन्स सुगर मिललाई प्रचलित कानुन अनुसार कारबाही गर्नु पर्ने माग उनिहरुले गरेका छन् ।समुदायको स्वास्थ्य, वातावरणीय अधिकार र धार्मिक आस्थासंग जोडिएको गम्भीर विषय भएकाले आँफुहरुले नदीको प्रदुषण रोक्न प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई गुहारेको फेटा–१ का मनिष कुशवाहाले बताए ।

नेपालको संविधानको धारा ३० (स्वच्छ वातावरणको हक), वातावरण संरक्षण ऐन, २०७६ तथा नियमावली, २०७७ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा हानिकारक फोहोर पानी नदिमा बगाउन नपाइने स्पष्ट व्यवस्था गरेको हुँदा यसबारेमा जिल्ला प्रशासन कार्यालयले पहल थाल्नुपर्ने आँफुहरुको माग रहेको उनले बताए ।

यदि स्थानीय प्रशासनले आँफुहरुको मागप्रति बेवास्ता गरेको खण्डमा शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरु घोषणा गरेर सडकमा उत्रिने चेतावनीसमेत युवाहरुले ज्ञापनपत्रमार्फत दिएका छन् ।

 

Related posts

१० गाँउमा दुर्गन्ध फैलाएको शीवम् लेयर्स फार्म बन्द नहुदा गाँउले थप आक्रोशीत

MadhesKhabar

पर्साका १ का जसपा उम्मेदवार यादव भन्छन् : जनता जनार्दन हुन् , काम गरेका नेताको मुल्यांंकन गर्छन्

MadhesKhabar

बाराकाे प्रस्टाेकामा जडित डिप बाेरिङकाे पुर्वमन्त्री साेनलले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment