Madhes Khabar
राजनीति

बारा ४ को ख बाट प्रदेशसभा सदस्यमा युवा नेता लोकेश सिंह सिफारिस

मधेसखबर
वीरगन्ज १७ भदौं :नेपाली काँग्रेसले बाराको क्षेत्र नम्बर ४ को ख को प्रदेश सभा सदस्यमा प्रत्यक्ष तर्फ लाेकेश सिंहको नाम सिफारिस गरेको छ।

त्यस क्षेत्रमा शुक्रबार बसेको काँग्रेसको भेला तथा बैठकले प्रदेशसभा सदस्यको उम्मेदवारमा नेपाल तरुण दलका निवर्तमान जिल्ला अध्यक्ष एंव काँग्रेसका महाधिवेशन प्रतिनिधि सिंहको नाम सिफारिस गरेको हो ।
सिंहसंगै प्रत्यक्ष तर्फ जयनारायण प्रसाद यादव ,विजय गुप्ता ,लालबाबु प्रसाद यादव र दिनेश साह तेलीको नाम पनि काँग्रेसले सिफारिस गरेको छ।

यस्तै समानुपातिक तर्फ दिपेन्द्र केशरी ,रामबहादुर प्रसाद यादव ,
ईग्रासन प्रसाद मण्डल,सुरेन्द्र प्रसाद गुप्ता,उमेश साह,जासोदेबी यादव र साम्साद अन्सारीको नाम काँग्रेसले सिफारिस गरेको छ ।

Related posts

पर्सामा कांग्रेस,एमाले र मधेसी दलको विरासत ढाल्दै रास्वपाको ‘क्लीन स्वीप’ : चारै पूर्वमन्त्रीको बचेन साख

MadhesKhabar

अब वर्षाको समयमा पनि मेलम्चीको पानी बन्द हुने छैन : मन्त्री यादव

MadhesKhabar

मधेसका लागि काँग्रेस र कम्युनिष्ट दुवै धोखेबाज नै हुन् : पुर्व वनमन्त्री यादव

MadhesKhabar

Leave a Comment