Madhes Khabar
राजनीति हेडलाइन

कांग्रेस छाडेका चौधरीलाई जसपा नेपालले पर्सा–४ बाट सांसदको उम्मेदवार बनाउने

वीरगन्ज,२७मंसिरःनेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि डाक्टर कृपासिन्धु चौधरी जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत रहेका चौधरी उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका हुन् ।

शनिबार काठमाडौंस्थित जसपा नेपालको केन्द्रिय कार्यालयमा पार्टी अध्यक्ष उपेन्द्र यादवले डा. चौधरीलाई पार्टी सदस्यता दिदैं जसपा नेपालमा प्रवेश गराएको जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवले जानकारी दिए ।

कांग्रेस छाडेर जसपा नेपालमा प्रवेश गरेका डा. चौधरीलाई जसपा नेपालले आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फको उम्मेदवार बनाउने निर्णयसमेत गरिएको जिल्ला अध्यक्ष यादवले जानकारी दिए ।

Related posts

वीरगन्ज–१६ मा प्रदीप यादवको जनलहर बढ्दै, कांग्रेसका स्थानीय नेताहरु एमालेमा प्रवेश

MadhesKhabar

महिलालाई उद्योग–व्यपारमा प्रेरित गर्न वीरगन्जमा गरियो हस्तकला सामग्रीको प्रदर्शनी

MadhesKhabar

पर्साका एसपी ढुंगेलकाे सरुवा,अब पर्सामा एसपी मिश्र आउँदै

MadhesKhabar

Leave a Comment