Madhes Khabar
राजनीति

वीरगन्ज–१६ मा प्रदीप यादवको जनलहर बढ्दै, कांग्रेसका स्थानीय नेताहरु एमालेमा प्रवेश

वीरगन्ज,१८ फागुनः पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाका नेपाली कांग्रेसका स्थानीय नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पर्सा–१ का एमाले उम्मेदवार प्रदीप यादवलाई समर्थन जनाउँदै इनर्वाका कांग्रेसका स्थानीय नेताहरु नाजिर मियाँ धोबी, नुरुदा अन्सारुी लगायतका नेताहरु एमालेमा प्रवेश गरेका हुन् ।

युवा नेता अफरोज आलम र असाहब आलमको अग्रसरतामा ती नेताहरु एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा पर्सा–१ का उम्मेदवार प्रदीप यादवले नवप्रवेशीहरुलाई अबीर टीका लगाएर एमाले पार्टीमा स्वागत गरे । त्यस अवसरमा उम्मेदवार यादवले वडा नम्बर १६ को नगवा र इनर्वामा एमालेको बढ्दो जनलहरले आफ्नो जित सुनिश्ति हुदै गएको बताए ।

देशको समृद्धि र विकासको स्पष्ट खाका एमालेसंग मात्रै रहेको भन्दै यादवले भने,‘पर्सा–१ को समृद्धि र विकासका एजेन्डा मसंग छन् । ती एजेन्डा अबको कार्यकालमा पुरा मै गर्छु ।’एमाले उम्मेदवार यादवले जनताको दुखसुखमा सदैव साथमा रहने नेतृत्व फेरिपनि जनताले यहि फागुन २१ मा चुन्ने जिकिर पनि गरे ।

 

Related posts

वीरगन्जमा जसपाको लहर : गेट ग्रिल उधोग संघका अध्यक्ष सहित दर्जनौ जसपा प्रवेश

MadhesKhabar

प्रतिशोध राखेर गिरफ्तारी गरे, प्रमाण नपुगेपछि म रिहा भएँ : केपी ओली

MadhesKhabar

आगामी मंसिरको पहिलो हफ्तामा निर्वाचन गर्न आयोगद्वारा सरकारलाई सिफारीस

MadhesKhabar

Leave a Comment