Madhes Khabar
राजनीति

पार्टी फुटेपछि उपेन्द्र यादवले केन्द्रीय समिति दाेब्बर बनाए

काठमाडौं,२जेष्ठ:गत वैशाख २३ गते अशोक राईसहितका सात सांसद र ३२ जना केन्द्रीय सदस्यहरूले नयाँ दल खोलेपछि उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिलाई दोब्बर ठूलो बनाएका छन् ।

मंगलबार र बुधबार बसेको जसपा नेपालकाे केन्द्रीय कार्यकारिणी समित बैठकले केन्द्रीय समितिको संख्या १५१ बाट बढाएर २५१ पुर्‍याएको हो ।

केन्द्रीय कार्यकारिणी समिति बैठकले केन्द्रीय सदस्य र पदाधिकारीको संख्या थप गर्ने निर्णय लिएको हो ।विधान संशोधन गर्ने निर्णय गरेको जसपाले पदाधिकारी संख्या पनि हेरफेर गरेको छ।

जसअनुसार विधान अधिवेशनले १५१ सदस्यीय बनाएको केन्द्रीय समिति अब बढाएर २५१ सदस्यीय बनाउने निर्णय भएको हो ।

जसपा नेपालले विधान अधिवेशनका निर्णयमा संशोधन गर्दै यसअघि १ जना महासचिव हुने व्यवस्था हटाएर २ जना महासचिव रहने निर्णय गरेको छ ।

उता पहिले ३ जना उपाध्यक्ष रहेकोमा अब केन्द्रीय कार्यकारिणी समितिले ५ जना उपाध्यक्ष राख्ने निर्णयपनि गरेको छ ।

बैठकले जेठ २८ र २९ गते हुने महाधिवेशनका लागि जेठ १० गतेभित्रमा महाधिवेशन प्रतिनिधि चयन गरिसक्ने निर्णय पनि गरेको छ ।साभार:खबरहब

Related posts

अन्धभक्त बन्न सक्दिन भन्दै डा.राणाले छाडे रास्वपाबाट

MadhesKhabar

जसपाले मन्त्री फेर्न लागेको भन्ने हल्लामा सत्यता छैन : खानेपानीमन्त्री यादव

MadhesKhabar

हालसम्म ८२ क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध, पहिलो स्थानमा अनेरास्ववियु,दोस्रो स्थानमा नेविसंघ

MadhesKhabar

Leave a Comment