Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्जको शैक्षिक अवस्थालाई बिगार्न खोज्ने गिरोहलाई नछाड्ने मेयर सिंहको चेतावनी

फाइल फोटो

वीरगन्ज,२१ भदौ :वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले शिक्षाको माफिया तन्त्रको अन्त्य गरेरै छाडने दाबी गरेका छन् ।रेडियो वीरगन्ज तथा टिभी वीरगन्जको कार्यक्रम जनता जानेके चाहतामा बोल्दै मेयर सिंहले वीरगन्जको शिक्षामा माफियातन्त्र हावी हुन खोजेको हुँदा बाहिरबाट आएर वीरगन्जको शैक्षिक अवस्थालाई बिगार्न खोज्ने गिरोहलाई नछाडिने चेतावनी दिए ।

आफूले कानुन विपरित काम नगर्ने र कानुन हातमा लिनेलाई कुनै हालतमा नछाडने प्रतिबद्धता व्यक्त गर्दै मेयर सिंहले जनताको राजस्वबाट तलब खाने शिक्षकले पार्टीको राजनीति गरेर शैक्षिक क्षेत्रलाई धारासायी बनाउने अधिकार नभएको बताए ।शैक्षिक क्षेत्रको सुधारको सुरुवात गरिसकेको बताउँदै मेयर सिंहले ४०÷५० हजार तलब खाने शिक्षकले पढाउने विद्यार्थी फेल हुने, १५÷२० हजार तलब खाने शिक्षकले पढाउने विद्यार्थी पास हुने अवस्था कसरी भयो यसको अन्त्य गरिने बताए ।

आँफूले अहिलेसम्म २७ महिना ९ दिन काम गरेको र यस अवधिमा वीरगन्जको सरसफाई, सौन्दर्यकरण, हरियाली वीरगन्ज, शंकराचार्य गेट देखि गण्डक सम्मको अवस्थामा आमूल परिवर्तन ,इको पार्कको निर्माण जस्ता धेरै काम गरेको दाबी उनले गरे ।

उनले वातावरण प्रयावरण जोगाउन महानगरपालिकाले काम गरिरहेको बताउदै प्रदुषित सिर्सिया नदीलाई स्वच्छ बनाउन फोहोर मिसाउने उद्योगलाई कडा कारवाही सहित जरिबाना गरिएपछि अहिले सिर्सिया नदीको अवस्थामा सुधार आएको जिकिरपनि गरे ।

मेयर सिंहले वीरगन्जको माटोलाई उर्वर बनाउने जिम्मा वीरगन्जबासीकै भएको बताउदै आफूले गरेका राम्रा कामको पनि विपक्षीहरुले आलोचना गरेकोभएपनि आलोचना र अवरोधबाट आफू कहिल्यै पछाडी नहट््ने दाबी गरे । मेयर सिंहले वीरगन्जको बजार क्षेत्र र ग्रामिण क्षेत्रलाई छुट्याएर समानुपातिक रुपमा सडक, विद्युत, खानेपानी, स्वास्थ्य चौकी लगायत विकास निर्माणलाई अगाडी बढाएको दाबी गर्दै आफूले बोलेको कुरा पुरा गर्ने र पुरानो बसपार्कको ठेक्का समेत खारेज गरि सकेको बताए ।

उनले हाल वीरगन्ज महानगरपालिकाले आन्तरिक रुपमा ८० करोड राजस्व उठाई रहेको बताउदै संघिय सरकारको विभेदको शिकार महानगरपालिका बनेकोमा आक्रोशपनि व्यक्त गरे। वीरगन्ज हानगरपालिका मेयर, उपमेयर, वडा अध्यक्ष लगायत बोर्ड सदस्यहरुबिचमा कुनै विवाद नरहेको बताउँदै उनले आँफूले चुनाव ताका गरेका प्रतिबद्धता र वाचालाई जुनसुकै हालतमा पनि पुरा गरेरै छाडने दाबी गरे ।

Related posts

वेस्ट इन्डिजसंग हुने सिरिजका लागि नेपाली टोली घोषणा,वीरगन्जका आसिफ र आरिफ पनि परे टिममा

MadhesKhabar

वडाध्यक्ष चतुर्वेदीले सरकारी विद्यालयका बालबालिकालाई बाँडे ट्रयाकसुट र ब्याग

MadhesKhabar

वीरगन्जमा लागु औषधसहित तीन बालक पक्राउ

MadhesKhabar

Leave a Comment