Madhes Khabar
समाचार

वीरगन्जको सोलकपुरबाट गाजा सहित तीन महिला पक्राउ

माधुरी महत्तो
वीरगन्ज,३०असार : वीरगन्जको सोलकपुरबाट सशस्त्र प्रहरीले लागु पदार्थ गाजा सहित तीन जना महिलालाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर ८ की ३६ वर्षिाया उस्मा देवी ,४२ वर्षिया आरती देवी र ४० वर्षिया अनन्ती देवी रहेका छन् ।विशेष सुचनाको आधारमा खटिएको सशस्त्र प्रहरी टोलीलले वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ सोलकपुर स्थित जितपुर रंगपुर सडकखण्डबाट पैदल जादै गरेका ती महिलाहरुलाइ रोकेर चेकजाच गर्दा उनिहरुको साथबाट १४ केजी गाजा बरामद भएको हो ।

उनिहरुको साथबाट नेपाली रुपैया ११ हजार ५ सय, भारतिय रुपैया १ हजार ७१ र दुइ थान मोबाईल पनि बरामद गरिएको पर्साका सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।गाजा सहित पक्राउ परेका तीनै जना महिलालाइ आवश्य कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी उपरिक्षक पोखरेलले जानकारी दिए ।

Related posts

एकैरात वीरगन्जबाट २ करोड भन्दा बढिको ३ ट्रक सामान पक्राउ

MadhesKhabar

पूर्वसभामुख महरालाई बलात्कार आरोपमा जेल पुर्‍याउने रोशनी शाही मृत भेटिइन्

MadhesKhabar

जेन–जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

MadhesKhabar

Leave a Comment