Madhes Khabar
समाचार

जेन–जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

काठमाडौं,१असोजःराष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड रुपैयाँ नगद र १८ किलो सुन लुटपाट भएको खुलासा भएको छ । भदौ २४ गते भएको जेन–जी आन्दोलनको क्रममा काठमाडौंको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयबाट ५ करोड रुपैयाँ नगद र १८ किलो सुन लुटपाट भएको नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले खुलासा गरेका हुन् ।

गभर्नर पौडेलले उनले धेरै सरकारी कार्यालय क्षतिग्रस्त भए पनि नेपाल राष्ट्र बैंक सुरक्षित रहेको तर राष्ट्रिय वाणिज्य बैंकबाट भने ५ करोड रुपैयाँ नगद र १८ किलो सुन लुटपाट भएको बताए ।

‘एक ठाउँमा सिरियस लुटपाट भएको छ, संसद् भवन भित्र भएको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड जति नगद र १८ किलो जति सुन लुटिएको छ’, उनले भनेका छन् ।

उनले जेन–जी आन्दोलनको क्रममा आफूलाई एटिएममा पनि पैसा पनि नहुने र डिजिटल कारोबार हुन नसक्ने जस्तो ठूलो डर लागेको तर, सो स्तरको दुर्घटना नभएको बताए ।

Related posts

अमलेखगञ्जमा डियुटीमा रहेका ट्राफिक प्रहरी जवानको बसकाे ठक्करबाट मृत्यु

MadhesKhabar

सत्ता गठनबन्धनका उम्मेदवारमा मतदान गर्न नेतृ देउवाको आग्रह

MadhesKhabar

प्रेमिकाले बलात्कारको आराेप लगाएपछि बाराका एक डाक्टर पक्राउ

MadhesKhabar

Leave a Comment