Madhes Khabar
समाचार

जेन–जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

काठमाडौं,१असोजःराष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड रुपैयाँ नगद र १८ किलो सुन लुटपाट भएको खुलासा भएको छ । भदौ २४ गते भएको जेन–जी आन्दोलनको क्रममा काठमाडौंको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयबाट ५ करोड रुपैयाँ नगद र १८ किलो सुन लुटपाट भएको नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले खुलासा गरेका हुन् ।

गभर्नर पौडेलले उनले धेरै सरकारी कार्यालय क्षतिग्रस्त भए पनि नेपाल राष्ट्र बैंक सुरक्षित रहेको तर राष्ट्रिय वाणिज्य बैंकबाट भने ५ करोड रुपैयाँ नगद र १८ किलो सुन लुटपाट भएको बताए ।

‘एक ठाउँमा सिरियस लुटपाट भएको छ, संसद् भवन भित्र भएको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड जति नगद र १८ किलो जति सुन लुटिएको छ’, उनले भनेका छन् ।

उनले जेन–जी आन्दोलनको क्रममा आफूलाई एटिएममा पनि पैसा पनि नहुने र डिजिटल कारोबार हुन नसक्ने जस्तो ठूलो डर लागेको तर, सो स्तरको दुर्घटना नभएको बताए ।

Related posts

तस्करीको भन्दै दुईवटा भैंसी र एउटा पाडा पर्सा प्रहरीले नियन्त्रणमा लियो

MadhesKhabar

पर्साका कांग्रेस नेता द्धिवेदी भन्छन् : म रास्वपामा गएको छैन, कांग्रेसमै छु,प्रायोजित हल्लाको भ्रममा नपर्नु होला

MadhesKhabar

सिमरामा परिक्षा दिन गएका ठाकुरराम क्याम्पसका एक विद्यार्थीकाे मृत्यु

MadhesKhabar

Leave a Comment