Madhes Khabar
समाचार

सिमरामा परिक्षा दिन गएका ठाकुरराम क्याम्पसका एक विद्यार्थीकाे मृत्यु

वीरगन्ज ,२५ असार: बाराकाे सिमरामा ताेकिएकाे परीक्षा केन्द्रमा परीक्षा दिन गएका वीरगन्जकाे ठाकुरराम बहुमुखी क्याम्पसका एक विद्यार्थीकाे सडक दुर्घटनामा मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययनरत पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ९ का २३वर्षिय विजय कुमार शर्मा रहेका छन् ।

सिमरामा परिक्षा खिएर फर्किरहेका शर्माले हाँकेकाे प्रदेश–२–०३–०१८ प ९६० नम्बरको मोटरसाइकल जितपुर सिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सडकमा अनियन्त्रित भई दुर्घटनामा परेकाे हाे ।

 

शर्माको उपचारका क्रममा वीरगन्जको बयोद्धा मेडिसिटी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएकाे छ।दुर्घटनामा परी मोटरसाइकलमा सवार पर्साकाे पोखरिया नगरपालिका–१ बनकटवा बस्ने २२ बर्षीय अर्जुन सहनी घाइते भएका छन्।

Related posts

जिपि कोईराला फाउण्डेसनको मधेस प्रदेशको संयोजकमा शाहाबुद्दिन मनोनित

MadhesKhabar

बारामा एकै दिन ४० हजार लिटर घरेलु रक्सीकाे कच्चा पदार्थ नष्ट

MadhesKhabar

वीरगन्जमा प्रशिक्षण कार्यक्रम :मानव अधिकारको रक्षामा सामूहिक पहल आवश्यक

MadhesKhabar

Leave a Comment