Madhes Khabar
राजनीति समाचार

जगरनाथपुरमा ५० जना रास्वपा परित्याग गरी एमाले प्रवेश, सम्पर्क कार्यालय पनि उद्घाटन

वीरगन्ज ४,फागुन:पर्सा जिल्लाको जगर्नाथपुर गाउँपालिका वडा नं. ६ पर्सौनी बहुवरीमा आज एक विशेष कार्यक्रमका बीच ठूलो राजनीतिक परिवर्तन देखिएको छ।

राहुल चतुर्वेदीको नेतृत्वमा जम्मा ५० जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा एमालेले वडा स्तरमै आफ्नो संगठन थप मजबुत बनाउँदै क्षेत्रीय सम्पर्क कार्यालयको उद्घाटन समेत गरेको छ।

उक्त कार्यक्रममा एमाले नेता प्रभु हजरा, प्रह्लाद गिरी लगायतका प्रभावशाली नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले एमाले उम्मेदवार रुपेश पाण्डेयलाई क्षेत्र नं. ३ को विकास गर्ने सक्षम र इमानदार उम्मेदवारको रूपमा प्रस्तुत गर्दै जनताको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता रहेको बताए।

वक्ताहरूले रुपेश पाण्डेयले बोलेको कुरा पूरा गर्ने, जनताको पक्षमा सोच्ने र विकास निर्माणमा निरन्तर लाग्ने एक सशक्त उम्मेदवारको रूपमा चित्रण गर्दै उनलाई विजयी गराउने दायित्व अब क्षेत्रका जनताकै भएको बताएका छन्।

Related posts

पर्सामा विपद प्रभावितको उद्धारमा खट्न जनमत पार्टीका नेता कार्यकर्तालाई अध्यक्ष सर्राफको आह्वान

MadhesKhabar

वीरगन्जमा सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ मोटरसाइकल चालक गम्भीर घाइते

MadhesKhabar

पर्सा-२ की एमाले उम्मेदवार रिमा यादवको चुनाव खर्च ९ लाख १४ हजार मात्रै

MadhesKhabar

Leave a Comment