
वीरगन्ज,१५असारः पर्सामा मानवअधिकार उल्लंघनको घटना अभिलेखमा जिल्ला प्रहरी कार्यालय पर्साले बेवास्ता गरेको गुनासो आएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शनिबार वीरगन्जमा आयोजना गरेको मानव अधिकार बर्ष पुस्तक २०२५ प्रकाशन पूर्व गरिएको अर्र्धबार्षिक समिक्षा काार्यक्रममा सहभागीहरुले यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रममा इन्सेकको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै इन्सेक पर्साका जिल्ला प्रतिनिधि शम्भु कुमार सुमनले ६ महिनामा पर्सामा जम्मा १४ वटा मानवअधिकार उल्लंघनको घटना अभिलेख भएको जानकारी दिए ।उनले प्रस्तुत गरेको प्रतिवेदनमा विद्यार्थीमाथि भएको कुटपिटको घटनामा आरोपित शिक्षक गिरफ्तार, आरोपित विरुद्ध उजुरी, छोरी जन्मिएपछि अस्पतालमै छोडेर आमा फरार भएको, दाईजोको विषयमा विवाद हुँदा बेहुुलासहित पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको घटनामात्र अभिलेख रहेको छ ।
त्यस्तै बालकलाई घर निर्माणको काममा लगाएका आरोपित विद्यालयका सञ्चालिका विरुद्ध उजुरी, प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट र दुव्र्यवहार, प्रहरीको कुटपिटबाट इ–रिक्सा चालक घाईते, म्याद गुज्रिएको केमिकल र औषधि प्रयोग गरेको आरोपमा अस्पतालका प्रबन्ध निर्देशक र डाक्टर गिरफ्तारको घटना पनि अभिलेख गरिएको इन्सेकका प्रतिनिधि सुमनले जानकारी दिए ।
त्यसैगरी, ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार, हत्या घटनाका आरोपितहरु विरुद्ध उजुरी, यौन दुव्र्यवहार, बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी, हत्या घटनाका आरोपित फरार पक्राउ र पत्रकारमाथि प्रहरीद्वारा भएको दुव्र्यवहारको पनि घटना इन्सेकमा अभिलेख गरिएको सुमनले जानकारी दिए ।
यसबाहेक जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएका मानव अधिकार उल्लंघनका घटनाहरुको विषयमा खासै अभिलेख उपलब्ध नभएको उनले बताए ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका जिम्मेवार व्यक्तिहरु उपस्थिति नभएपछि प्रहरी मानव अधिकारको विषयमा गम्भीर नदेखिएको सहभागीहरुले बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका जिम्मेवार व्यक्तिहरु उपस्थिति नभएपछि प्रहरी मानव अधिकारको विषयमा गम्भीर नदेखिएको सहभागीहरुले बताए ।
पत्रकार बृजलाल पासवानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्द, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय महतो, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य नीरज पिठाकोटे मगर, जिल्ला अध्यक्ष दीपक गौतम , समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य मनोज पटेल, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, पूर्व उपाध्यक्ष धु्रव साह लगायत सञ्चारकर्मी र मानवअधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।

