Madhes Khabar
समाचार

समाजवादी प्रेस संगठन पर्साकाे प्रथम बैठक वीरगन्जमा सम्पन्न

वीरगन्ज,२८ माघ:समाजवादी प्रेस संगठन नेपाल पर्साकाे प्रथम बैठक आइतबार वीरगंजमा सम्पन्न भएकाे छ । संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनकाे अध्यक्षतामा बसेकाे बैठकले मनाेज पटेल नेतृत्वकाे निर्वतमान जिल्ला कार्यसमितिलाई धन्यावाद ज्ञापन गरेकाे छ ।

त्यसैगरी बैठकले फागुन ११ गते वनवाेज कार्यक्रम गर्ने निर्णय गरेकाे छ।उक्त वनभाेज कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई प्रमाण पत्र र परिचय पत्र वितरण गर्ने निर्णय गरिएकाे संगठनका सचिव विनाेद पटेलले जानकारी दिए ।

यसैगरी बैठकले संगठनका केन्द्रिय सचिव बृजलाल पासवानका काका नन्दलाल पासवानकाे यही माघ २२ गते ५८ बर्षकाे उमेरमा असामयिक निधन भएकाेमा दु:ख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेकाे छ ।

नेकपा एकीकृत समाजवादीका केन्द्रिय सचिव नागेन्द्र चाैधरीकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकमा पर्सा जिल्ला अध्यक्ष एवम् प्रचार विभाग प्रमुख बालगाेपाल थापा, संगठनका केन्द्रिय महासचिव रामकुमार एलन, केन्द्रिय सचिवद्वय वृजलाल पासवान, नेपाेलियन चेपाङ्ग, केन्द्रिय सदस्यद्वय रेविन्द्र कार्की, मनाेज पटेल, सल्लाहकार संजय साह लगायत जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुकाे उपस्थिती रहेकाे थियाे ।

Related posts

आफैँले चलाएको ट्रयाक्टर पल्टिँदा चालक साहको मृत्यु

MadhesKhabar

नेपालमा सर्पको टोकाइबाट वर्षेनि ३ हजार बढीको मृत्यु

MadhesKhabar

पर्साको जगरनाथपुरमा भूमि सम्बन्धी अभिमुखीकरण सम्पन्न

MadhesKhabar

Leave a Comment