Madhes Khabar
समाचार

नेपालमा सर्पको टोकाइबाट वर्षेनि ३ हजार बढीको मृत्यु

काठमाडौं,९जेठःनेपालमा सर्पदंशबाट वर्षेनि तीन हजार जनाभन्दा धेरैले ज्यान गुमाउने गरेको छ । सर्पदंश रोकथाम अभियानमा लामो समयदेखि काम गर्दै आएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा.सञ्जिवकुमार शर्माका अनुसार नेपालमा वर्षनि ४० हजारभन्दा धेरै सर्पदंशको सिकार हुने गरेका छन् ।

त्यसमध्ये झन्डै ८० प्रतिशतले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था छ । संख्यात्मकरुपमा तीन हजार भन्दा धेरै जनाले ज्यान गुमाउने गरेको पाइएको छ ।

सर्पदंशबाट जोगिन आवश्यक सावधानी अपनाउनुपर्छ । सर्पले टोकिहालेमा तुरुन्त अस्पताल गएर उपचार गराउनुपर्छ । समयमा उपचार पाएको खण्डमा ज्यान जोगाउन सकिने डा.शर्माले बताए ।

सर्पदंश रोकथाम अभियानमा धामीझाँक्रीलाई पनि परिचालन गर्नुपर्ने डाक्टरको भनाइ छ । गाउँघरमा सर्पले डस्ने बित्तिकै धेरैजसो धामीझाँक्री कहाँ जाने गरेकाले सचेतना फैलाउन उनीहरुलाई परिचालन गर्नुपर्नेमा डा.शर्माको जोड छ । सर्पदंशबाट धेरैजसो महिला र बालबालिका प्रभावित हुने गरेका छन् ।

नेपालमा गोमन र करेत सर्पले सबैभन्दा बढी डस्ने गरेको छ । जनस्वास्थ्य समस्याका रुपमा रहेको सर्पदंश नेपालको तराई÷मधेस क्षेत्रमा बसोबास गर्ने अतिविपन्न वर्गमा उच्च जोखिम छ ।विश्व वन्यजन्तु कोष नेपाल (डब्ल्यूडब्ल्यूएफ) का वन्यजन्तु जीवविज्ञान विज्ञ डा.शशांक पौडेलले जलवायु परिवर्तनले सर्पको बासस्थान परिवर्तन हुँदै गएको बताए।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.अनिलविक्रम कार्कीले अझै पनि सर्पदंशको उपचारबाट मानिस बञ्चित हुनुपरेको अवस्थमा सरकारले यो मौसमी समस्या भए पनि औषधिको उपलब्धता र स्वास्थ्य सेवाको पहुँचमा ध्यान दिनुपर्ने बताए।

Related posts

घर–घरमा स्वच्छ खानेपानी पु-याउनु सरकारको प्रमुख लक्ष्य हो : मन्त्री यादव

MadhesKhabar

पर्सामा अटोरिक्साको ठक्करबाट एक सशस्त्र प्रहरी घाइते

MadhesKhabar

पर्सामा ४ प्रुमख सहित ४१ जनाको उम्मेदवारी फिर्ता

MadhesKhabar

Leave a Comment