Madhes Khabar
समाचार

घर–घरमा स्वच्छ खानेपानी पु-याउनु सरकारको प्रमुख लक्ष्य हो : मन्त्री यादव

धनकुटा,१३ वैशाख : खानेपानीमन्त्री प्रदीप यादवले नेपाली नागरिकका घर–घरमा स्वच्छ अनि शुद्ध खानेपानी पु¥याउनु सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् ।

शनिबार धाकुटास्थित बुढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गरुेदै मन्त्री यादवले नेपाली नागरिकका घर–घरमा स्वच्छ अनि शुद्ध खानेपानी पु¥याउने लक्ष्य अनुसार तीब रुपमा काम भइरहेको बताए ।

उनले भने, “हामी एउटा ऐतिहासिक यात्राको प्रारम्भ गर्दैछौँ । आजको शिलान्यास समारोहले सङ्गुरीगढी गाउँपालिकाका–१ र २ वडाका बासिन्दाहरूका लागि स्वच्छ र गुणस्तरीय पानीको पहुँच सुनिश्चित गर्ने दिशामा नयाँ युगको सुरुवात गरेको छ ।”

मन्त्री यादवले शनिबार शिलान्यास गरिएको आयोजनाले त्यहाँका बासिन्दाहरूको दीर्घकालीन सपना पूरा गर्ने दिशामा उठाइएको ठोस कदम भएको तथा यसले खानेपानी तथा सरसफाइ सेवाको सहज पहुँच सुनिश्चित गर्नेछ भन्ने आफुले विश्वास लिएको जानकारी दिए ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच संविधानअनुसारको समन्वयमा योजना निर्माण, कार्यान्वयन र निगरानी गरि जनताको अधिकार सुनिश्चित गर्ने संकल्प रहेको मन्त्री यादवले बताए ।

आफुले नेपाल सरकारको खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेपछि जनतालाई अझै आर्थिक रूपमा सरल र सहजता प्रदान गर्न सह–लगानी मोडेललाई शून्य प्रतिशत बनाउन प्रतिबद्ध रहेको मन्त्री यादवले बताए ।देशभरिका खानेपानी योजनाहरूको स्थलगत निरीक्षणमा आफु हरेक ठाउँमा पुगिरहेको तथा समस्या बुझ्न, समाधान खोज्न, र योजनाहरूलाई गति दिन लागिपरेको उनले बताए ।

Related posts

वीरगन्जमा लागूऔषधसहित एक युवक पक्राउ

MadhesKhabar

पटेर्वासुगौली गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विधालयमा दिवा खाजा वितरण

MadhesKhabar

सई यादवको सफलता : भन्सारी छलीका ४२ लाख बढीको सामानसहितको ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

Leave a Comment