Madhes Khabar
समाचार

वीरगन्जमा लागूऔषधसहित एक युवक पक्राउ

वीरगन्ज,४असोजःवीरगन्जमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ का ३४ वर्षीय अजित तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार साँझ ५ बजे भारतको रक्सौलबाट प्र २–०२–००४ प ७४९५ नम्बरको स्कुटरमा वीरगन्जतर्फ आउँदै गरेको अवस्थामा वीरगन्ज–१६ शंकराचार्य गेटस्थित सडक खण्डबाट तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट १ सय एमएलको ओनरेक्स ६९ वटा बोतल बरामद गरिएको प्रहरीले जनाएको छ ।

स्कुटर र लागूऔषधसहित उनलाई नियन्त्रणमा लिइ लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

Related posts

सिमरामा परिक्षा दिन गएका ठाकुरराम क्याम्पसका एक विद्यार्थीकाे मृत्यु

MadhesKhabar

नेपाली १ हजार दरका ११५ थान नक्कली नोटसहित एक जना पक्राउ

MadhesKhabar

घुमुवा प्रहरी परिचालन नगर्न निर्देशन

MadhesKhabar

Leave a Comment