Madhes Khabar
समाचार

घुमुवा प्रहरी परिचालन नगर्न निर्देशन

काठमाडौं,१५चैतः सादा पोशाकमा प्रहरी परिचालन नगर्न निर्देशन दिइएको छ। नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको हो।
सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैरव्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरी प्रधान कार्यालयले बिहीबार सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन गरेको प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

’त्यस कार्यालय तथा मातहत समेतबाट हालः परिचालन गरिएका सादा पोसाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई निजहरूको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ’ परिपत्रमा भनिएको छ।

प्रहरी प्रधान कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै पठाउन पनि मातहतका निकायलाई निर्देशन गरेको छ।साभारः अन्नपूर्णपोष्टबाट

Related posts

बारामा १५० किलो गाँजासहित ४ भरिया पक्राउ

MadhesKhabar

कलैयाको नक्कली अडिट फर्ममा राजश्व अनुसन्धान विभागको छापामारी, सन्चालक कानु फरार

MadhesKhabar

नेपाल प्रहरी र सशस्त्रका एसपीदेखि जवानलाई बिहान ७ बजेदेखि नै तयारी अवस्थामा बस्न सर्कुलर

MadhesKhabar

Leave a Comment