Madhes Khabar
समाचार

बारामा १५० किलो गाँजासहित ४ भरिया पक्राउ

बारा,१३चैतः बारामा लागू औषध गाँजासहित चार जना भरिया पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरीका ४२ वर्षिय बुद्ध घलान, वडा नम्बर ८ का ३६ वर्षिय नन्दकिशोर सहनी, २८ वर्षिय वीर बहादुर रुम्बा र मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेका २७ वर्षिय सोमलाल पाख्रिन रहेका छन् ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहा स्थित दुधौरा खोलामा टाउकोमा गाँजाको भारी बोकेर रतनपुरबाट बकुलियातर्फ जाँदै गरेका उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक निरीक्षक प्रदीप प्रसाद पाण्डे र लागूऔषध नियन्त्रण ब्युरो शाखा वीरगन्जबाट खटिएको संयुक्त टोली उनिहरुलाई ६ वटा बोरामा रहेको १ क्विन्टल ५० किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

गाँजासहित पक्राउ परेका चारै जनालाई ईलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

 

Related posts

पोखरीया नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

MadhesKhabar

रौतहटमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

MadhesKhabar

पर्सामा १६८ किलाे गाँजा र बाेलेराेसहित दुई जना सशस्त्र प्रहरीको फन्दामा

MadhesKhabar

Leave a Comment