Madhes Khabar
समाचार

पोखरीया नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

मधेसखबर
वीरगन्ज,०५ जेठ :
पर्साको पोखरीया नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
पोखरीया नगरपालिकाको मेयरमा एमालेका प्रधुम्न चौहान विजयी भएका हुन् ।
नेपाली काँग्रेसका उम्मेदवार एंव निवर्तमान मेयर दिपनारायण रौनीयारलाइ २४३३ मतको फराकिलो मत अन्तरले पराजित गर्दै चौहान मेयरमा निर्वाचित भएका हुन् ।
चौहानले ५५५४ मत पाउदा काँग्रेसका उम्मेदवार रौनीयारले भने ३१२१ मत पाएका छन् ।
मेयरमा नेपाल सुशासन पार्टीका शंकर राउत अहिरले २९०९ , लोसपाका निजामुदिन समानीले २६१५ र जसपाका राजीव कुमार तेलीले ८५८ मत पाएका हुन् ।
यस्तै पोखरीयाको उपमेयरमा पनि एमालेकै रुवी कुमारी ठाकुर ५१९५ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी रेहना खातुनले ३९२९ , लोसपाकी आशा कुमारी चौहानले २४६५ र नेपाल सुशासन पार्टीकी विणा देवीले २२४९ मत पाएकी छन् ।

Related posts

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

प्रधानमन्त्री बालेन्द्र शाहको मधेस प्रदेशका सान्सदहरुसंग छलफल चलिरह्दा, युवा नेता महादेव कुर्मिले दिए यस्ता सुझाव

MadhesKhabar

वीरगन्ज भन्सार गेटमा एकैदिन पोके तस्करहरुबाट ६ लाख बढीको सामान बरामद

MadhesKhabar

Leave a Comment