Madhes Khabar
समाचार

पर्सामा प्रहरीद्वारा २ करोड भन्दा बढीको तस्करीको सामान र भैंसी बरामद

वीरगन्ज,१८जेष्ठ:भारतबाट भन्सार छली(तस्करी ) गरेर ल्याइएको दुई कराेड भन्दा बढी मूल्यको सामान र भैंसी पर्साकाे बिभिन्न स्थानबाट प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले दुई करोड एक लाख ४९ हजार एक सय ४७ रुपैयाँ बरारको बराबरको औषधि, खुद्रा तथा हार्डवेयर तथा थारो भैंसी, पाडा र पाडीहरू बरामद गरेको हो ।

शुक्रबार दिउँसो ३ बजेको समयमा वीरगन्ज महानगरपालिका वडा नंबर २१ परवानीपुर चोकस्थित सडकखण्डबाट १ करोड १५ लाख एक सय ४७ रुपैयाँ बराबरका औषधि तथा खुद्रा सामानहरू बरामद गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

त्यसैगरी बिहीबार बहुदरमाई नगरपालिका– ५ डकैला बहुअरीस्थित सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका थारो भैंसी, पाडा तथा पाडी समेत गरी चार लाख ३४ हजार रुपैयाँ बराबरका २८ वटा भैंसी तथा पाडापाडी शुक्रबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिए।

Related posts

मधेश प्रदेशमा ६० प्रतिशत मतदान सम्पन्न

MadhesKhabar

भूमि आयोगद्धारा भुमीहिनका लागि पर्सागढीबाट नाप नक्सा कार्यको शुरुवात

MadhesKhabar

यातायात कार्यालयका अधिकृत र बिचौलिया घुससहित पक्राउ

MadhesKhabar

Leave a Comment