Madhes Khabar
समाचार

कलैयाको नक्कली अडिट फर्ममा राजश्व अनुसन्धान विभागको छापामारी, सन्चालक कानु फरार

सांकेतिक फोटो

मधेसखबर

वीरगन्ज,०६भदौ : बाराको कलैयामा प्रभु साह कानुले सञ्चालन गरेको अडिट फर्ममा राजश्व अनुसन्धान विभागले सोमबार छापा मारेर कागजात र कम्प्युटर नियन्त्रणमा लिएको छ ।

फर्मद्वारा नक्कली भ्याट बिल जारी गरी करोडौँको राजस्व छली गरेको तथा नक्कली अडिटको सही, छाप र हस्ताक्षर गरी बारा र  पर्साका दर्जनौँ औद्योगिक तथा व्यापारिक फर्मको अडिट गर्दै आएका सूचनाको आधारमा राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले आवश्यक कागजात र कम्प्युटर नियन्त्रणमा लिएको राजस्व अनुसन्धान विभागका उप महानिर्देशक एवं प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिए ।

बाराको प्रसौनी गाउँपालिका ६ निवासी कानुले लामो समयदेखि प्रशिक्षार्थी अडिटरको प्रयोग गरी बारा, पर्साका औद्योगिक कलकारखाना, व्यापारिक फर्महरूको अडिट गर्दै आएको र नक्कली भ्याट बिल, अडिटको सही छापा र हस्ताक्षर समेत गरी राजस्व छल्दै आएको भेटिएपछि विभागबाट खटिएको टोलीले कागजात नियन्त्रणमा लिएको तर कानु भने फरार रहेको प्रवक्ता उपाध्यायले जानकारी दिए।

Related posts

सम्भावित जोखिमलाई मध्यनजर गर्दै काम गर्न मन्त्री यादवकाे निर्देशन

MadhesKhabar

धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

MadhesKhabar

बारामा तस्करीको पाम आयल सहित चार जना पक्राउ

MadhesKhabar

Leave a Comment