Madhes Khabar
समाचार

कलैयाको नक्कली अडिट फर्ममा राजश्व अनुसन्धान विभागको छापामारी, सन्चालक कानु फरार

सांकेतिक फोटो

मधेसखबर

वीरगन्ज,०६भदौ : बाराको कलैयामा प्रभु साह कानुले सञ्चालन गरेको अडिट फर्ममा राजश्व अनुसन्धान विभागले सोमबार छापा मारेर कागजात र कम्प्युटर नियन्त्रणमा लिएको छ ।

फर्मद्वारा नक्कली भ्याट बिल जारी गरी करोडौँको राजस्व छली गरेको तथा नक्कली अडिटको सही, छाप र हस्ताक्षर गरी बारा र  पर्साका दर्जनौँ औद्योगिक तथा व्यापारिक फर्मको अडिट गर्दै आएका सूचनाको आधारमा राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले आवश्यक कागजात र कम्प्युटर नियन्त्रणमा लिएको राजस्व अनुसन्धान विभागका उप महानिर्देशक एवं प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिए ।

बाराको प्रसौनी गाउँपालिका ६ निवासी कानुले लामो समयदेखि प्रशिक्षार्थी अडिटरको प्रयोग गरी बारा, पर्साका औद्योगिक कलकारखाना, व्यापारिक फर्महरूको अडिट गर्दै आएको र नक्कली भ्याट बिल, अडिटको सही छापा र हस्ताक्षर समेत गरी राजस्व छल्दै आएको भेटिएपछि विभागबाट खटिएको टोलीले कागजात नियन्त्रणमा लिएको तर कानु भने फरार रहेको प्रवक्ता उपाध्यायले जानकारी दिए।

Related posts

भारतको विदेश मन्त्रालयले भन्यो : प्रिसा साह मृत्युप्रति दुखि छौं, घटनाबारे अनुसन्धान भइरहेकाे छ

MadhesKhabar

धरानका मेयर हर्क साम्पाङलाई मन्त्री यादवले भने :धरानमा खानेपानीकाे समस्या चाडै समाधान गर्छाै

MadhesKhabar

व्यपारी कुट्ने प्रहरीलाई कारबाही गर्न मुख्यमन्त्री साेनलकाे निर्देशन

MadhesKhabar

Leave a Comment