Madhes Khabar
समाचार

बारामा तस्करीको पाम आयल सहित चार जना पक्राउ

मधेसखबर
वीरगन्ज,१३ असार : प्रहरीले बाराको विभिन्न स्थानबाट तस्करीको पाम आयल सहित दुइ वटा गाडडी नियन्त्रणमा लिएको छ ।

भारतबाट तस्करी गरि ल्याइएको करिब ३ लाख रुपैया मुल्यको पाम आयल सहित दुइ वटा पिकअप गाडी नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।

थापाका अनुसार , ना ३ च ५२३२ र ना ५ च ६१६ नम्बरको पिकअप गाडी रोकेर चेकजाँच गर्दा दुवै पिकअप गाडीमा रहेका प्लाष्टिकको टयाङ्की भित्र जारमा भरेर राखिएको २ लाख ८० हजार रुपैया मुल्य बराबरको पाम आयल बरामद भएको हो ।

तस्करीको पाम आयलसंगै ४ जना मानिसलाइ पनि पक्राउ गरिएको प्रनाउ थापाले जानकारी दिए ।पक्राउ पर्नेहरुमा बाराको कलैया उपमहानगरपालिका १५ का २६ वर्षिय मैरुदिन अंसारी, २० वर्षिय खैरुदिन अंसारी , वडा नम्बर १७ सुराही टोलका २१ वर्षिय मुन्ना अंसारी र परवानीपुर गाउँपालिका वडा नंबर १ का २२ वर्षिय संजय महतो रहेका छन् ।

 

दुवै गाडीको २० लाख र पाम आयलको दुइ लाख ८० हजार रुपैया गरि कुल २२ लाख ८० हजार रुपैया मुल्यांकन गरि पाम आयल , गाडी र पक्राउ परेका चारै जनालाइ आवश्यक कार्वाहीका लागि
राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रनाउ थापाले जानकारी दिए ।

Related posts

आजबाट अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु

MadhesKhabar

वीरगन्जमा तस्करी गरी ल्याइएको जुत्ता-चप्पल बरामद

MadhesKhabar

नारायणगढ–मुग्लिन सडक खण्ड फेरी अवरुद्ध

MadhesKhabar

Leave a Comment