Madhes Khabar
समाचार

महिला उम्मेदवार माथि खुकुरी प्रहार

मधेसखबर
वीरगन्ज, २५ बैशाख :
भोजपुरमा एक महिला उम्मेदवार माथि खुकुरी प्रहार भएको छ ।
भोजपुरीको षडानन्द नगरपालिका वडा नम्बर १० साङपाङमा वडा सदस्य पदकी उम्मेदवार अमिता तामाङमाथि खुकुरी प्रहार भएको हो ।
शनिबारराति १० बजे अपरिचित व्यक्तिले तमाङ माथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाइएको प्रहरीले जनाएको छ । घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य छ ।
खुकुरी प्रहार गर्ने व्यक्ति पहिचान गरि खोजी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । रासस

Related posts

वीरगन्जस्थित व्यापारिक प्रतिष्ठानमा भीषण आगलागी

MadhesKhabar

पर्सामा प्रहरीद्वारा २ करोड भन्दा बढीको तस्करीको सामान र भैंसी बरामद

MadhesKhabar

स्व.पत्रकार नरेश सर्राफ तेस्रो स्मृति सभा गर्ने समाजवादी प्रेस संगठन पर्साको निर्णय

MadhesKhabar

Leave a Comment