Madhes Khabar
समाचार

महिला उम्मेदवार माथि खुकुरी प्रहार

मधेसखबर
वीरगन्ज, २५ बैशाख :
भोजपुरमा एक महिला उम्मेदवार माथि खुकुरी प्रहार भएको छ ।
भोजपुरीको षडानन्द नगरपालिका वडा नम्बर १० साङपाङमा वडा सदस्य पदकी उम्मेदवार अमिता तामाङमाथि खुकुरी प्रहार भएको हो ।
शनिबारराति १० बजे अपरिचित व्यक्तिले तमाङ माथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाइएको प्रहरीले जनाएको छ । घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य छ ।
खुकुरी प्रहार गर्ने व्यक्ति पहिचान गरि खोजी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । रासस

Related posts

बारामा ४८ लाख बढी मूल्यको सामानसहितको ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

काठमाडौं महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डे निलम्बित

MadhesKhabar

वीरगन्जमा मोटरसाइकल र स्कुटी चोर्ने दुई युवक प्रहरी फन्दामा

MadhesKhabar

Leave a Comment