Madhes Khabar
शिक्षा समाचार हेडलाइन

पटेर्वासुगौली गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विधालयमा दिवा खाजा वितरण

प्रमोद यादव
मधेसखबर
वीरगंज , भदौ २७ : पर्साको पटेर्वासुगौली गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विधालयमा विधार्थीहरुलाई सोमबारदेखी दिव खाजा वितरण गरीएको छ ।

पटेर्वासुगौली गाउँपालिकाका सबै विधालयमा अध्ययनरत कक्षा १ देखी कक्षा ६ सम्मका सम्पुर्ण विधार्थीहरुलाई दिवा खाजा वितरण सुरु गरीएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले बताएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयबाट चालु आर्थिक वर्ष वर्ष २०८९÷२०८० को साउन देखि लागू हुने गरि कक्षा १ देखी ६ सम्मका विधार्थीहरुलाई दिवा खाजा कार्यक्रम लागु गरेकोले दिवा खाजाको लागि आएको रकमबाट सोमबार देखी कार्यक्रम सुरु गरीएको प्रमुख प्रशासकीय अधिकृत यादवले जनाएका छन् ।

सरकारद्वारा संचालित दिवा खाजा कार्यक्रम समय संचालन गर्न नसके रकम फ्रीज भएर जाने भएकोले दिवा खाजा कार्यक्रम संचालन गरीएको तथा दिवा खाजा संचालन भएपछि सामुदायिक विद्यालयमा बालबालिको संख्यामा वृद्धि हुने शिक्षाबाट कोही पनि बञ्चित नहुने उद्देश्यले दिवा खाजा कार्यक्रम संचालन गरीएको प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले बताए ।

पटेर्वा सुगौली गाउँ पालिका अन्तर्गत २४ वटा सामुदायिक विधालय रहेका छन् ।

Related posts

सुशीला कार्की बनिन् नयाँ प्रधानमन्त्री ,देशले पायाे पहिलो महिला सरकार प्रमुख

MadhesKhabar

पोखरियामा पनि शिक्षकहरुले जलाए शिक्षा विधेयक

MadhesKhabar

शिक्षक नभएपछि विश्रामपुरको विधालयमा तालाबन्दी

MadhesKhabar

Leave a Comment