वीरगन्ज,१८माघःलागू औषध चरेश मुद्धामा कसुर ठहर भई अदालतबाट सजायको फैसला भएपश्चात २० बर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ४१ बर्षीय चन्दन कुमार रौनियार रहेका छन् ।
रौनियारलाई वीरगन्ज–१६ नगवामै लुकिछिपी बसेको अवस्थामा प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । लम्सालका अनुसार,लागु औषध चरेसको मुद्धामा पर्सा जिल्ला अदालतले २०६१ अषाढ १३ गते रौनियार विरुद्ध २ बर्ष ७ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
ऋदालतको उक्त फैसला लगत्तै २० बर्षदेखि रौनियार फरार रहेकोमा अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार पक्राउ गरेर पर्सा जिल्ला अदालतमै बुझाएको लम्सालले बताए ।

