Madhes Khabar
समाचार

बारामा अफिमसहित एक पुरुष पक्राउ

बारा,२०माघ:बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरामा अवैध लागूऔषध अफिमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वठा नम्बर २ बैकुण्ठका ४५ वर्षीय भीमलाल मोक्तान रहेका छन् ।

इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले माेक्तानलाई ३ किलाे ४४ ग्राम अफिमसहित पक्राउ गरेको हो ।

सिमरा चाेकको सडकमा प‌ैदल हिडिरहेका माेक्तानलाई प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा उनकाे साथमा रहेकाे ख‌ैराे रंगकाे झाेलाबाट उक्त अफिम बरामद भएको प्रहरी नायब उपरीक्षक शुभद्रा बाइबाले जानकारी दिइन्।

Related posts

नेपालबाट चरेस लिएर रक्साैल जाँदै गरेका भारतीय नागरिक वीरगन्ज नाकाबाट पक्राउ

MadhesKhabar

मोटरसाइकल चोर्ने परवानीपुरका दुई युवक प्रहरीको फन्दामा

MadhesKhabar

जनकपुरका काँग्रेस नगरसभापति साहले गरे विद्रोह – मेयरमा स्वतन्त्रबाट लड्ने घोषणा

MadhesKhabar

Leave a Comment