Madhes Khabar
समाचार

बारामा अफिमसहित एक पुरुष पक्राउ

बारा,२०माघ:बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरामा अवैध लागूऔषध अफिमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वठा नम्बर २ बैकुण्ठका ४५ वर्षीय भीमलाल मोक्तान रहेका छन् ।

इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले माेक्तानलाई ३ किलाे ४४ ग्राम अफिमसहित पक्राउ गरेको हो ।

सिमरा चाेकको सडकमा प‌ैदल हिडिरहेका माेक्तानलाई प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा उनकाे साथमा रहेकाे ख‌ैराे रंगकाे झाेलाबाट उक्त अफिम बरामद भएको प्रहरी नायब उपरीक्षक शुभद्रा बाइबाले जानकारी दिइन्।

Related posts

नागरिकहरूलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन मन्त्रालय प्रयत्नशील छ : मन्त्री यादव

MadhesKhabar

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

MadhesKhabar

ग्लोबल आइएमई लघुवित्तद्वारा छात्रवृति प्रदान

MadhesKhabar

Leave a Comment