Madhes Khabar
समाचार हेडलाइन

वीरगन्जको चोर्नीमा ट्याक्टरको ठक्करबाट घाइते भएका महत्तोको मृत्यु

सांकेतिक फोटो

मधेसखबर
वीरगन्ज,१७ कार्तिक : वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ चोर्नीमा ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएका एक बृद्धको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा चोर्नीकै ५९ वर्षिय चोकट महत्तो रहेका छन् । यहि कार्तिक १३ गते चोर्नीमा ना ६ त ५५०२ नम्बरको ट्याक्टरले पैदल यात्री महत्तोलाई ठक्कर दिदाँ उनि गम्भिर घाइते भएका थिए । उनको वीरगन्जको गण्डक स्थित नेपाल मेडिसिटि बयोधा अस्पतालमा उपचार भइरहेको थियो ।

उपचारकै क्रममा बिहीबार विहान ६ बजे तिर महत्तोको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र त्यसका चालक धर्मेन्द्र यादवलाई नियन्त्रणमा लिइएको पनि प्रहरीले जनाएको छ ।

Related posts

मुर्लीमा रास्वपा उम्मेदवार हरि पन्तको अनौठो स्वागत, काँबरमा राखेर टोल–टोलमा परिक्रमा

MadhesKhabar

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ वटा उजुरी परेकोमा ३२ वटालाई स्पष्टीकरण

MadhesKhabar

बाराको १ र ४ मा काँग्रेसको पल्ला भारी

MadhesKhabar

Leave a Comment