Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जलाई ‘हरित शहर’ बनाउने अभियान निरन्तर : हालसम्म १५ हजार बढी विरुवा रोपियो

वीरगन्ज,७जेठःवीरगन्ज महानगरपालिकाको नेतृत्वमा मेयरका रुपमा राजेशमान सिंह आएपछि महानगरपालिकाले वीरगन्ज शहरलाई ‘हरित शहर’ बनाउने अभियानपनि चलाएको छ ।

महानगरको मेयरमा सिंह निर्वाचित भएको तीन वर्ष पुरा भइसकेको छ । यो तीन वर्षे कार्यृकालमा वीरगन्जको सरसफाई तथा ऐतिहासिक, धार्मिक सम्पदाहरुको संरक्षण र सौन्दर्यकरणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेका मेयर सिंहले वीरगन्ज शहरलाई ‘हरित शहर’ बनाउने अभियानपनि चलाएका छन् ।

शहरका विभिन्न स्थानका सडकको डिभाइडर र सडकको दायाँबायाँ तथा अतिक्रमण मुक्त पारिएका सार्वजनिक तथा ऐलानी पर्ति जग्गामा निरन्तरत वृक्षारोपणका कार्यक्रमहरु भइरहेका छन् ।

महानगरका विभिन्न स्थानका सडकका डिभाइडर,सडकका दायाँबाया तथा खाली सार्वजनिक जग्गामा गरी हालसम्म १५ हजार बढी बिरुवा रोपिएको महानगरको वन,वातावरण तथा विपद व्यवस्थापन महाशाखाका प्रमुख ईन्जिनियर राकेश साहले बताए ।

उनले भने,‘हालसम्म २० किलोमिटर बढी सडकका डिभाइडर र दायाँबायाँमा हामीले अर्नामेन्टल प्लान्ट (फुल,सजावटका बोट) रोपेका छौं । अतिक्रणम मुक्त बनाइएका खाली जग्गाहरुमा भने काठ उत्पादन हुने रुखका बिरुवाहरु रापेका छौं ।’

यस्तै हरिखेतान बहुमुखी क्याम्पस अगाडिको शंखधर शाख्वा पार्क, वीरगन्ज–२१ के ईको पार्क र वीरगन्ज–१५ लक्ष्मणवास्थित ज्येष्ठ नागरिक र्पाकमापनि अर्नामेन्टल प्लान्ट (फुल,सजावटका बोट) रोपेको उनले बताए । वीरगन्जलाई हरित शहर बनाउने अभियान अहिलेपनि जारी रहेको साहले सुनाए ।

महानगरका मेयर सिंहले वीरगन्जलाई ‘हरित शहर’ बनाउने अभियानपनि आफ्नो मुख्य प्राथमिकतामा रहेको बताए । उनले भने,‘ शहर सफा मात्रै भएर पुग्दैन । अझ यसलाई स्वच्छ र सुन्दर बनाउन हरियालीपनि चाहिन्छ । त्यहि भएर महानगर आँफैले र अन्य विभिन्न संघसंस्थासंग सहकार्य गरेर शहरका ठाँउ ठाँउमा वृक्षारोपण गर्दै आइरहेको छ ।’

अहिलेको जलवायु परिवर्तनका कारण वातावरणमा परेको असर न्युनिकरणका लागि वृक्षारोपण मात्र एक विकल्प रहेको भन्दै उनले भने,‘ एक घर एक विरुवाको अवधारण शतप्रतिशत कार्यान्वयन हुनसक्यो भने वीरगन्जको मुहार अझ फेरिन्छ । त्यसमा म लागि रहेको छु।’

Related posts

कलैयामा बेवारिसे अवस्थामा एक युवकको शव भेटियो

MadhesKhabar

बहुदरमाईका विद्यालयहरुको चाबी शिक्षकले सिडिओलाई बुझाए, १० हजार विद्यार्थीको पठनपाठन ठप्प

MadhesKhabar

वीरगन्जको यातायात कार्यालयमा मन्त्री सिंहकाे आकस्मिक अनुगमन

MadhesKhabar

Leave a Comment